एक हप्तापछि खुल्याे दाङ–सल्यान सडक खण्ड

दाङ – पहिरोले बन्द भएकाे राप्ती राजमार्ग अन्तर्गतको दाङ-सल्यान सडक खण्ड एक हप्तापछि खुलेकाे छ । दाङ–सल्यान सडक खण्ड अन्तर्गत कपुरकोट गाउँपालिका–३ दसरेलगायत ठाउँमा पहिरो गएपछि सडक बन्द भएकाे थियो ।  गएकाे असार १ गतेदेखि बन्द भएका सडक आइतवार (आज) देखि सञ्चालनमा आएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सडक खुलेसँगै बाटाेमा अलपत्र परेकाे सवारी साधन गन्तव्यमा लागेका छन् । बाटो खुलेसँगै दाङ हुँदै सल्यान, रुकुम पश्चिम, रुकुम पूर्व र रोल्पासम्मको गाडी चल्न सुरु भएको छ ।  

सम्बन्धित सामग्री

पहिरोले स्काभेटर पुरेपछि दाङ–सल्यान सडक खण्ड अवरुद्ध

पहिरोले स्काभेटर चालक हिमनाथ योगी सामान्य घाइते छन्। पहिरोसँगै खसेका ठूला ढुंगाले स्काभेटर च्यापिएको छ।...

सुख्खा पहिरोले एक्स्काभेटर पुरियो, दाङ–सल्यान सडक अवरुद्ध

सल्यान : सडक निर्माणको क्रममा झरेको पहिरोले एक्स्काभेटर पुरिँदा राप्ति लोकमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्ड अवरुद्ध बनेको छ। गएराति करिब साढे सात बजेतिर सल्यानको कपुरकोट ३ चोरखोला नजिक छाँगामा सडक निर्माण गर्दै गर्दा माथिबाट सुख्खा पहिरो झरेर बा २ क ८०७७० नम्बरको एक्स्काभेटर पुरेको थियो। अहिले उक्त सडक खण्ड पूर्ण रुपमा बन्द रहेको प्रहरीले जनाएको छ।दुर्घटनाबाट एक्स्काभेटर अपरेटर हिमनाथ योगी सामान्य घाइते छन्। पहिरोसँगै झरेको ठुला ठुला ढुङ्गाले स्काभेटरलाई च्यापेको छ। निकै जोखिमयुक्त स्थान भ

सुख्खा पहिरोले स्काभेटर पुरियो, दाङ–सल्यान सडक अवरुद्ध

सडक निर्माणको क्रममा झरेको पहिरोले स्काभेटर पुरिँदा राप्ती लोकमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्ड अवरुद्ध बनेको छ । मंगलबार बेलुकी करिव साढे सात बजेतिर सल्यानको कपुरकोट ३ चोरखोला नजिक छाँगामा सडक निर्माण गर्दै गर्दा माथिबाट सुख्खा पहिरो झरेर बा २ क ८०७७० नम्बरको स्काभेटर पुरिएको थियो । अहिले उक्त सडक खण्ड पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ ।दुर्घटनाबाट स्काभेटर अपरेटर हिमनाथ योगी सामान्य घाइते छन् । पहिरो सँगै झरेको ठूला ठूला ढुंगाले स्काभेटरलाई च्यापेको छ । निकै जोखिमयुक्त स्थान भएकाले स्क

दाङ–सल्यान सडक खण्ड आइतबारदेखि १० दिन बन्द हुने

राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडक खण्ड भोलिदेखि १० दिन बन्द हुने भएको छ ।दाङ तुलसीपुरको चोरखोलादेखि सल्यानको कपुरकोटसम्मको सडक मर्मत गर्नुपर्ने भएकाले यो सडक खण्ड १० दिन बन्द हुन लागेको हो ।आइतबारदेखि चैत १ गतेसम्म सडक खण्ड बन्द हुन लागेको सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिएका छन् । कपुरकोट चोरखोला सडक खण्डमा दैनिक तीन सिफ्टमा काम हुनेछ । दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म पहिलो सिफ्टमा सडक मर्मतको काम हुनेछ । दोस्रो सिफ्टमा बिहान११ बजेदेखि दिउँसो ३ बजेसम्म र ते

दाङ-सल्यान सडक खण्ड भोलिदेखि १० दिन बन्द हुने

दाङ - राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडक खण्ड भोलिदेखि १० दिन बन्द हुने भएको छ । दाङ तुलसीपुरकाे चोरखोलादेखि सल्यानको कपुरकोटसम्मको सडक मर्मत गर्नुपर्ने भएकाले याे सडक खण्ड १० दिन बन्द हुन लागेको हो । भाेलिदेखि चैत १ गतेसम्म सडक खण्ड बन्द हुन लागेको सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिनुभयो । कपुरकोट चोरखोला सडक खण्डमा दैनिक तीन सिफ्टमा काम हुने उहाँले बताउनु भयाे ।  खड्काका अनुसार दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म पहिलो सिफ्टमा सडक मर्मतको काम हुनेछ । दोस्रो सिफ्टमा...