दाङ – पहिरो हटाएपछि दाङ–सल्यान सडक खण्ड खुलेकाे छ । राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका ३ साततलेमा झरेको पहिरो एक्स्काभेटरले पन्छाएपछि सडक खण्ड दिउँसोदेखि सञ्चालनमा आएकाे हाे ।
पहिरो पन्छाएसँगै दाङ–सल्यान–रुकुम र पश्चिम रोल्पा चल्ने गाडी चल्न थालेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दाङको घोराही–रोल्पाको होलेरी सडक खण्ड भने अझै खुलेको छैन । शहीद मार्ग अन्तर्गत घोराहीदेखि होलेरी जोड्ने सडक खण्डमा दाङको दुई खोली प्रहरी चौकीभन्दा केही उत्तरतर्फ मोडम...