सल्यान : सडक निर्माणको क्रममा झरेको पहिरोले एक्स्काभेटर पुरिँदा राप्ति लोकमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्ड अवरुद्ध बनेको छ। गएराति करिब साढे सात बजेतिर सल्यानको कपुरकोट ३ चोरखोला नजिक छाँगामा सडक निर्माण गर्दै गर्दा माथिबाट सुख्खा पहिरो झरेर बा २ क ८०७७० नम्बरको एक्स्काभेटर पुरेको थियो। अहिले उक्त सडक खण्ड पूर्ण रुपमा बन्द रहेको प्रहरीले जनाएको छ।दुर्घटनाबाट एक्स्काभेटर अपरेटर हिमनाथ योगी सामान्य घाइते छन्। पहिरोसँगै झरेको ठुला ठुला ढुङ्गाले स्काभेटरलाई च्यापेको छ। निकै जोखिमयुक्त स्थान भ