अनुमान थियो शान्त आँधीको, अब के होला ?

११ वैशाख, काठमाडौं । गणना जारी छँदै उपचुनावले धेरैथोक भन्छ । मतपेटिकाबाट आइरहेको शान्त आँधी कुनै जनआन्दोलनको झल्को दिलाउन पर्याप्त छ । कुनै ठूला घोषणाहरु छैनन् । देशमा कुशासन र भ्रष्टाचार बढेको दाबी छ । काखमा सन्तान खेलाउन छाडेर कोही बाध्यताले परदेशिनु नपरोस् भन्ने भावुक कामना छ । रेमिट्यान्स समेतले चलेको देशमा यत्ति कामना नै […]

सम्बन्धित सामग्री

नवलपुरमा ‘मिराया वेलनेश एण्ड गल्फ रिसोर्ट’ सञ्चालनमा

काठमाडौं  । सीजी हस्पिटालिटीले नवलपुरको देवचुलीमा ‘मिराया वेलनेश एण्ड गल्फ रिसोर्ट’ सञ्चालनमा ल्याएको छ । शाश्वतधाम र सीजी इन्डस्ट्रियल पार्कसँगै खुलेको यो रिसोर्ट गल्फप्रेमीहरूका लागि झनै आकर्षक गन्तव्य बन्ने अनुमान गरिएको छ । आध्यात्मिक, शान्त र आनन्ददायी वातावरणका लागि यो रिसोर्ट उत्कृष्ट सावित हुने विश्वास कम्पनीको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक एवं सीजी हस्पिटालिटी होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत राहुल चौधरीले रिसोर्टले सीजी हस्पिटालिटीको सेवामा थप प्रभावकारिता ल्याउने बताए । उनले भने, ‘वेलनेश, आध्यात्मिक चेतना र वातावरणीय दिगोपनको लागि सीजी हस्पिटालिटीको एउटा उल्लेखनीय प्रमाणका रूपमा रिसोर्टलाई प्रस्तुत गरेका छौं ।’ रिसोर्टमा मनोरञ्जनका आवश्यकता पूरा गर्ने विभिन्न गतिविधि र अन्य सुविधा प्राप्त गर्न सकिने बताइएको छ । रिसोर्टमा स्विमिङ पुल र बास्केटबल तथा ब्याडमिन्टन कोर्ट रहेका छन् । साथै वाइन टेस्टिङ वर्कशप, क्युरेटेड स्पा, हाइड्रोथेरापी, वेलनेश थेरापी र नेचर ट्रेल जस्ता सुविधा पनि रिसोर्टमा रहेको कम्पनीले जानकारी दिएको छ ।

चिनियाँ प्रविधि कम्पनीमाथि नियामकले 'कर्के नजर' राख्न छोड्लान् ?

पेचिङ । केही वर्षयता चीन सरकारले त्यहाँको ठूला प्रविधि कम्पनीहरूमाथि कडाइ तीव्र पार्यो । विदेशी कम्पनीहरूमाथि कठोर व्यवहार गर्ने चीनले घरेलु कम्पनीहरूलाई लामो समय फक्रिने अनि फुल्ने अवसर/समय दियो । चिनियाँ कम्पनीहरू सीमापारका बजारमा समेत फक्रिरहे । तर, केही वर्षअघि सरकारले निजी क्षेत्रप्रति अचानक रवैया फेर्यो । नियामक कडाइको घेरामा प्रविधि क्षेत्रका ठूला कम्पनीहरू निशाना हुन थाले । व्यापार समुदाय त्रस्त बन्यो । कम्पनीहरूलाई खर्बौं युआन जरिवाना तिराइयो । सीमापार बजारमा आईपीओमा नै रोक लगाइयो । व्यापारीहरू विदेश नै पलायन भए । पछिल्लो समय घरेलु इन्टरनेट कम्पनी अलिबाबा इंकका संस्थापक ज्याक मा महिनौं लामो वनवास सकेर स्वदेश फिर्ता भएको अनि कम्पनी ६ ओटा छुट्टाछुट्टै कम्पनीमा विभाजित गर्ने खबरसँगै निजी क्षेत्रमा चीनको कारवाही र कडाइ अन्त्य हुन लागेको हो भन्ने आशा पलाएको छ । यही खबरबीच बुधवार अलिबाबाको शेयर मूल्य १५ प्रतिशतभन्दा धेरैले बढ्यो । मंगलवार मात्रै अलिबाबाले आफूलाई ६ टुक्रामा विभाजित गर्ने घोषणा गरेको थियो । सबै कम्पनीका लागि पैसाको जोहो गर्न आईपीओ जारी गर्ने र छुट्टाछुट्टै सीईओ राख्ने अधिकार थियो । यो कम्पनीको २४ वर्षे इतिहासको सबैभन्दा ठूलो पुनःसंरचना थियो । चीनको निजी क्षेत्रमा नियामक कडाइलाई कालो बादलको रूपमा हेरिरहेका लगानीकर्ताका लागि यो कदम नियामक कडाइको समापनको संकेत बनेको देखियो । कम्पनीलाई नै टुक्राएपछि अब कम्पनीमाथि नियामकका कर्के नजर नपर्ने एकाथरि लगानीकर्ताको आशा छ । कम्पनी विभाजनको योजनाबारे छलफल गर्न अलिबाबाले बिहीवार पत्रकार सम्मेलन गर्दैछ । गएको केही वर्षयता चीनले घरेलु कम्पनीहरू विशेषगरी इन्टरनेट, निजी शिक्षा र घरजग्गा बजारमा व्यापक नियामक कडाइ गरेको थियो । यसका कारण कम्पनीहरूले अर्बौं डलर बजार पूँजीकरण गुमाए भने लगानीकर्ताको मनोबलसमेत खस्कियो । नियामक दबाबका कारण कम्पनीले लामो समयदेखि नै व्यावसायिक एकाईहरूलाई छुट्याउने योजना बनाइरहेको यस मामिलाबारे जानकार स्रोतले बताएको भन्दै सञ्चारमाध्यमहरूमा समाचार छापिएका छन् । अलिबाबा बाहिर र भित्रसमेत कम्पनीको व्यवसायको अन्तर्निहित मूल्यको तुलनामा शेयर छूटमा विक्री रहेको भन्नेमा सहमति देखिन्थ्यो । अब कम्पनीका आईपीओ हङकङ बजारमा जारी हुन सक्ने अनुमान केही स्रोतको छ । यसबारे कम्पनीले मुख खोलेको छैन । अलिबाबा आफै पनि होल्डिङ कम्पनीमा परिणत हुनेछ । समूहको सीईओको रूपमा ड्यानियल चाङले अलिबाबाको नेतृत्वका आफ्नो हातमा लिनेछन् । अलिबाबाको पुनःसंरचनालाई चीनबाहिर समेत महत्त्वपूर्ण प्रयोगका रूपमा हेरिएको छ । चीनका ठूला कम्पनीहरूले समाजलाई योगदान दे भन्ने सरकारको माग पूरा गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा यसले परीक्षण गर्नेछ । चीनले प्रविधि कम्पनीहरूमा कडाइ गर्दा अलिबाबा केन्द्रमा थियो । ई–कमर्शमा मनपरी गरेको अनि क्लाउड व्यवसायमा डेटाको सुरक्षामा लापरपाही अनि डेलिभरी एकाईमा श्रम अभ्यास आदिका नाममा अलिबाबामाथि नियामक कडाइ निकै कसिलो पारिएको थियो । नियामक कडाइ सहन नसकेर अलिबाबाका संस्थापक ज्याक माले देशै छाडेर विदेश पलायन भए । सन् २०२१ को अन्त्यतिर विदेश लागेका उनी कहिले जापान त कहिले कहाँ देखिएका थिए । अलिबाबाले कम्पनीको पुनःसंरचनाको घोषणा गर्नु एक दिनअघि अर्थात् सोमवार उनी हाङचाउमा देखिए । माको स्वदेश फिर्ती अनि कम्पनीको पुनःसंरचना, छुट्टाछुट्टै सीईओहरू अनि स्थानीय सरकारहरूले चीनको निजी क्षेत्रमाथिको आफ्नो रवैया केही नरम बनाउनुले लगानीकर्ताहरूमा मनोबल भरेको छ । बुधवार अलिबाबाको प्रतिस्पर्धी कम्पनी जेडी डटकमको शेयर मूल्यसमेत ७ दशमलव ८ प्रतिशतले बढेको थियो । चीनको सबैभन्दा ठूलो गेमिङ कम्पनी टेन्सेन्ट होल्डिङको शेयर ५ दशमलव १ प्रतिशतले बढ्यो । अलिबाबाको विभाजनले अन्य प्रविधि कम्पनीहरूलाई समेत भविष्यमा यस्तै खालको पुनःसंरचनामार्फत गुज्रिएर नियामक क्रोधलाई शान्त पार्ने बाटो खोलिदिन सक्ने अनुमान पनि बढेको छ । यस्तो भयो भने नयाँ आउने नियमनको चपेटामा पूरै कम्पनी आउने छैन । समस्याग्रस्त एउटा एकाई वा कम्पनी मात्रै नियामक छानबिनको घेरामा आउनेछ । –एजेन्सीहरूको सहयोगमा

घडीको आविष्कार हुनुअघि कसरी हेरिन्थ्यो समय ?

२७ भदौ, काठमाडौं । कति बज्यो होला ? भन्ने जिज्ञासा शान्त पार्नका लागि हामीले नाडीको घडी हेर्छौं मोबाइलको स्क्रिनमा देखिने समय । घडीले मानिसको दैनिकीलाई व्यवस्थित बनाएको हुन्छ । तर यहीँ घडीको आविष्कार हुनुभन्दा अगाडि मानिसहरुले कसरी समयको अनुमान गर्दथे होला ? वस्तवमा घडी आविष्कार हुनु भन्दा अगाडि मानिसहरुले सूर्यलाई हेरेर समयको अनुमान गर्दथे । […]

मेरो मनले भेट्टाएको शैलुङ स्वर्ग [फोटोफिचर]

काठमाडौँ – शैलुङ । एउटा स्वर्ग देखिने शान्त ठाउँ । मैले मनमनै अनुमान गरेकी थिएँ । बेला-बेला शैलुङका फोटो हेर्दा त्यस्तै महसुस हुन्थ्यो । मनको यही खसखस मेट्न हामी काठमाडौँबाट काभ्रे, सिन्धुपाल्चोक र सिन्धुलीको भदौरे वर्षा र गर्मी छिचोल्दै हामी दोलखा पुग्यौँ । टिम जम्बो थियो । तामाङ भाषामा ‘शै’को अर्थ सय र ‘लुङ’ को […]

शान्त बन्दै भीमसेन जात्रा

दशकअघि पनि भीमसेन जात्रा भन्नेबित्तिकै वीरगन्जेलीले दुई समूहबीच सम्भावित झडपको अनुमान गरिहाल्थे । पछिल्लो केही बर्षयता भने यहाँको भीमसेन जात्राको परिचय फेरिएको छ । न पहिलेजस्तो जात्रामा झडप हुन्छ, न कुनै घर वा व्यापारिक प्रतिष्ठानको झ्यालका सिसा नै फुट्छन् ।

करीना कपुर भन्छिन्: साथीहरू शान्त हुनुहोस्, म गर्भवती छैन

केही समय अगाडि करीना कपूर आफ्नो परिवारसँग छुट्टि मनाउन लन्डन गएका बेला उनको एउटा तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो। जुन तस्बिर देखेर मानिसहरूको ध्यान करीनाको पेटमा गएको थियो र उनले यसलाई लुकाइरहेकी थिइन्। यसपछि मात्रै उनी गर्भवती छिन् र तेस्रो ...

लगानी जुवा नै हो

जीवनमा लगानी आवश्यक छ तर गहन अनुसन्धानविना लगानी गर्नु हुँदैन यो वित्तीय साक्षरताको अपरिहार्य बाह्रखरी हो । आफ्नो कमाई वा बचत लगानी गर्दा यथसम्भव अध्ययन गर्नुपर्छ तापनि अनेक प्रयत्न हुँदाहुँदै पनि लगानी र आम्दानी कतै न कतै जुवा नै हो । किनकि चाहना १०० प्रतिशत सफलताको राखे पनि परिणाम ठीक उल्टो आउन सक्छ । त्यसैले गीतामा कृष्ण भन्नुपर्‍यो ‘कर्मण्येवाधिकारेस्तु मा फलेषु कदाचन’ । सन् २००४ मा नोकिया मोबाइलले केबल २ लाख मोबाइल बेच्ने लक्ष्य निर्धारण गरेकोमा ४ करोड बिकेको थियो । त्यही कम्पनी एकपटक लगभग टाट पल्टियो । सन् १९९० सम्म भारतमा निरमा साबुनको कुनै प्रतिस्पर्धा नै थिएन तर अहिले बजारमै छैन । जसले शेयर वा जमीन बेच्छ त्यसको केही दिनमा जमीनको भाउ पनि बढ्छ शेयर पनि बढ्छ भन्ने थाहा पाएकै हुन्छ । उसले तत्काल शेयरको रकम अर्को कुनै ठाउँमा लगानी गर्छ, त्यताबाट नाफा पनि गर्छ र अरूलाई रोजगारी पनि दिन्छ । केही वर्षअगाडि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले शेयरबजार जुवा भन्दा, चारैतिर हंगामा भयो, बजार बियरिसतिर आयो । धेरैले उनको आलोचना गरे, त्यो मितिदेखि आजसम्म आइपुग्दा लाग्छ शेयरबजारमात्र होइन, जीवनका हरेक क्रियाकलाप जुुवा हुन् । जुन कम्पनी राम्रो छ यसको त शेयर भाउ बढ्छ भन्ने अनुमान सहज दिमागले गर्छ तर त्यो दिन कम्पनीको शेयर १० अंकले घटेको हुन्छ । किन त्यस्तो हुन्छ । हरेक घटनाका कारण र असरहरू हाम्रो सामान्य सोचभन्दा धेरै अदृश्य चरहरूबाट चलेको हुन्छ । कसले अनुमान गर्न सक्छ कि ठूला भनिएका बैंकहरूको शेयरभन्दा सामान्य फाइनान्स कम्पनीको शेयर तेज गतिमा बढ्छ । १ वर्ष अगाडि मुश्किलले आईपीओको दरमा बेच्न पाए हुन्थ्यो भनिएका हाइड्रोको शेयर लगातार सर्किटमा चलेका छन् । त्यसैले शेयरबजार जुवा हो भन्ने कुरामा संकोच मान्न पर्दैन किनकि जिन्दगी नै जुवा हो । यसमा यस्तो उस्तो भन्ने गरिन्छ यदि आम जीवनमा सफल हुनका लागि मेहनत आवश्यक हुन्छ भने जुवामा जित्न पनि मेहनत नै चाहिन्छ । शकुनीले आप्mनो बाबुको हाड घोटेर कपटी पासा बनाएका थिए । युधिष्ठरलाई जुवा खेल्ने त्यत्रो रहर थियो भने शकुनीकै जस्तै पासा किन बनाउन सकेनन् । या त शकुनीको पासा चिन्न सक्नुपर्दथ्यो या त्यस्तै पासा बनाउनुपर्दथ्यो । यावत् केही हुँदैन किनकि जिन्दगी जुवा हो । भन्न यत्ति खोजेको हो, जुवा पनि बुद्धिविना जितिँदैन, कुनै हालतमा जितिँदैन, कसरी जित्ने भन्ने कुरा जुवाका पारखीलाई मात्र थाहा हुन्छ । अरू सामान्य मनोरञ्जनवादीले नियमित जुवामा जित्न सक्दैन । शेयरबजारमा पनि पारखीहरूले मात्र पैसा कमाउँछन् र लगानी पनि बढाउँछन् । अरू जो दीर्घकालीन रूपमा नाफा खोज्ने पनि बजारमा कमाएकै छन् । जुवामा पनि कहिल्यै नहार्ने एउटा सूत्र छ, एउटै दाउमा लगातार हारको दोब्बर रकम लगाउँदै जाने, एक न एक पटक त्यो दाउमा पैसा आउँछ । तर, यो गर्नु ठीक होइन किनकि जुवा भनेको एक प्रकारको कुलत (एडिक्ट) हो । यसले समय बर्बाद गर्छ, नवीन विषयवस्तुको सृजनशीलता नष्ट गर्छ र आर्थिक कारोबार भए पनि जुवा पेशा बन्न सक्दैन र खेल्न बसेका हाम्रै टीम सदस्यमध्ये कसैले नहारी अर्कोले जित्न सक्दैन । त्यसैले जुवालाई खराब मानिएको हो । यो खराबी शेयरबजाररूपी जुवामा हुँदैन । पहिलो कुरा यसले लगानीकर्तालाई एडिक्ट बनाउँदैन । दोस्रो कुरा यस बजारमा केही नाफा कमाएर कोही बाहिर निस्क्यो भने उसले तत्कालका लागि लाभमा रहे पनि दीर्घकालमा त्यो शेयर माथि नै जान्छ, बेच्नेवाला घाटामै जान्छ । त्यसैले शेयर र जमीन बेच्नेवाला दीर्घकालमा घाटामा जाने हुँदा यो जुवा नै हो भने पनि राम्रो आदत भएको जुवा हो । जसले शेयर वा जमीन बेच्छ त्यसको केही दिनमा जमीनको भाउ पनि बढ्छ शेयर पनि बढ्छ भन्ने थाहा पाएकै हुन्छ । उसले तत्काल शेयरको रकम अर्को कुनै ठाउँमा लगानी गर्छ, त्यताबाट नाफा पनि गर्छ र अरूलाई रोजगारी पनि दिन्छ । व्यवसाय, उद्यमशीलता, शेयर, जागीर, पढाइ सबै अनिश्चितताका खेल हुन् । शिक्षा, परीक्षा, अनुभव पछिमात्र अर्निङ हुन्छ यो पेशामूलक शिक्षाको सूत्र हो । अन्य सामान्य शिक्षामा त पढाइ एकातिर कमाइ अर्कोतिर भएका अनेक उदाहरण छन् । तसर्थ शिक्षा पनि जुवा हो । एउटा ढोका बन्द भए अर्को ढोका खुल्छ भन्ने शाश्वत सत्यलाई लिएर पढ्नुपर्छ अगाडि बढ्नुपर्छ, त्यसैगरी लगानी पनि कुनै ठीक ठाउँमा पुग्छ र कमाइ दिन सक्छ कुनै डुब्न पनि सक्छ । जतिसुकै सुझबुझ साथ काम गरे पनि, सँगै हिँडे पनि अनुसरण गरे पनि कुनै न कुनै विन्दुमा एक जना अगाडि र अर्को पछाडि हुन्छ नै । अब यसलाई तयारी नपुगेको, अध्ययन नपुगेको, सुझबुझ तर्क, विश्लेषण हुन नकेको भनेर अनेक नाम दिउँला मनलाई शान्त पारौंला तर यथार्थ त जिन्दगी जुवा नै हो । जुवा अर्थात् ग्याम्लिङ थ्योरीले के सिकाउँछ भने सफलतामा कर्म आवश्यक हो, ग्यारेन्टी होइन । तर, काम नै नगर्ने हो भने त सफलता शून्य हुन्छ । ५२ ओटा तासमा कुनै चिडीको दुक्की झिक्न सकेमा ५० लाख पाइन्छ भन्ने हो भने । ५० लाख कमाउने १ भागा ५२ को सम्भावना र≈यो नै तर खेलिएन भने सम्भावना शून्य भयो । त्यसैले जीवनमा कमाउन लगानी गर्नुपर्छ । सकेसम्म धेरै कमाइ हुने ठाउँ मै लगानी होस , जस्तै शेयर, आयातनिर्यात व्यापार, अग्र्यानिक खेती साहासिक पर्यटन आदि पक्कै सफल भइइन्छ, अपवादमा जिन्दगी जुवा नै हो अन्यथा एउटै अंश बाँडेका २ भाइमा मुकेश अर्बपति र अनिल सडकपति किन हुन्थे । लेखक कैशालकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।

चुरे क्षेत्रमा भीषण आगलागी, जंगल सखाप हुने चिन्ता

दिनेश रैदास, दाङ । लमही नगरपालिका वार्ड नं ७ को उचानिम्बु देखि सिधै उत्तरमा रहेको संवेदनशील चुरे क्षेत्रमा भिषण डढेलो लागिरहेको छ । फाल्गुनको अन्तिम साता भएता पनि प्रचन्ड गर्मी र हावाहुरीको अवस्थाको मौसम छैन । तर शान्त मौसममा पनि यसरी बनमा डढेलो लाग्नु वन्यजन्तुको अवैध चोरीशिकारी तथा घाँस दाउरा जाने र पशु चौपाया जंगलमा चराउन जानेहरुको लापरवाहीको कारण खासगरी चुरोट बिडी सल्काउँदा डढेलो लागेको हुन सक्ने अनुमान गरिएको छ। उक्त चुरे क्षेत्र वन डढेलो नियन्त्रणको लागि डिभिजन वन कार्यालय लमही तथा सरोकावाला सामुदायिक वन उपभोक्ता समुहहरुको कुनै भूमिका नदेखिएको दाङ देउखुरी वातावरण संरक्षण पत्रकार मञ्चका प्रवक्ता महेश रिजालले आक्रोस प्रकट गर्दै प्रतिक्रिया दिनु भएको छ।