जीवनमा लगानी आवश्यक छ तर गहन अनुसन्धानविना लगानी गर्नु हुँदैन यो वित्तीय साक्षरताको अपरिहार्य बाह्रखरी हो । आफ्नो कमाई वा बचत लगानी गर्दा यथसम्भव अध्ययन गर्नुपर्छ तापनि अनेक प्रयत्न हुँदाहुँदै पनि लगानी र आम्दानी कतै न कतै जुवा नै हो । किनकि चाहना १०० प्रतिशत सफलताको राखे पनि परिणाम ठीक उल्टो आउन सक्छ । त्यसैले गीतामा कृष्ण भन्नुपर्यो ‘कर्मण्येवाधिकारेस्तु मा फलेषु कदाचन’ । सन् २००४ मा नोकिया मोबाइलले केबल २ लाख मोबाइल बेच्ने लक्ष्य निर्धारण गरेकोमा ४ करोड बिकेको थियो । त्यही कम्पनी एकपटक लगभग टाट पल्टियो । सन् १९९० सम्म भारतमा निरमा साबुनको कुनै प्रतिस्पर्धा नै थिएन तर अहिले बजारमै छैन ।
जसले शेयर वा जमीन बेच्छ त्यसको केही दिनमा जमीनको भाउ पनि बढ्छ शेयर पनि बढ्छ भन्ने थाहा पाएकै हुन्छ । उसले तत्काल शेयरको रकम अर्को कुनै ठाउँमा लगानी गर्छ, त्यताबाट नाफा पनि गर्छ र अरूलाई रोजगारी पनि दिन्छ ।
केही वर्षअगाडि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले शेयरबजार जुवा भन्दा, चारैतिर हंगामा भयो, बजार बियरिसतिर आयो । धेरैले उनको आलोचना गरे, त्यो मितिदेखि आजसम्म आइपुग्दा लाग्छ शेयरबजारमात्र होइन, जीवनका हरेक क्रियाकलाप जुुवा हुन् । जुन कम्पनी राम्रो छ यसको त शेयर भाउ बढ्छ भन्ने अनुमान सहज दिमागले गर्छ तर त्यो दिन कम्पनीको शेयर १० अंकले घटेको हुन्छ । किन त्यस्तो हुन्छ । हरेक घटनाका कारण र असरहरू हाम्रो सामान्य सोचभन्दा धेरै अदृश्य चरहरूबाट चलेको हुन्छ । कसले अनुमान गर्न सक्छ कि ठूला भनिएका बैंकहरूको शेयरभन्दा सामान्य फाइनान्स कम्पनीको शेयर तेज गतिमा बढ्छ । १ वर्ष अगाडि मुश्किलले आईपीओको दरमा बेच्न पाए हुन्थ्यो भनिएका हाइड्रोको शेयर लगातार सर्किटमा चलेका छन् ।
त्यसैले शेयरबजार जुवा हो भन्ने कुरामा संकोच मान्न पर्दैन किनकि जिन्दगी नै जुवा हो । यसमा यस्तो उस्तो भन्ने गरिन्छ यदि आम जीवनमा सफल हुनका लागि मेहनत आवश्यक हुन्छ भने जुवामा जित्न पनि मेहनत नै चाहिन्छ । शकुनीले आप्mनो बाबुको हाड घोटेर कपटी पासा बनाएका थिए । युधिष्ठरलाई जुवा खेल्ने त्यत्रो रहर थियो भने शकुनीकै जस्तै पासा किन बनाउन सकेनन् । या त शकुनीको पासा चिन्न सक्नुपर्दथ्यो या त्यस्तै पासा बनाउनुपर्दथ्यो । यावत् केही हुँदैन किनकि जिन्दगी जुवा हो ।
भन्न यत्ति खोजेको हो, जुवा पनि बुद्धिविना जितिँदैन, कुनै हालतमा जितिँदैन, कसरी जित्ने भन्ने कुरा जुवाका पारखीलाई मात्र थाहा हुन्छ । अरू सामान्य मनोरञ्जनवादीले नियमित जुवामा जित्न सक्दैन । शेयरबजारमा पनि पारखीहरूले मात्र पैसा कमाउँछन् र लगानी पनि बढाउँछन् । अरू जो दीर्घकालीन रूपमा नाफा खोज्ने पनि बजारमा कमाएकै छन् ।
जुवामा पनि कहिल्यै नहार्ने एउटा सूत्र छ, एउटै दाउमा लगातार हारको दोब्बर रकम लगाउँदै जाने, एक न एक पटक त्यो दाउमा पैसा आउँछ । तर, यो गर्नु ठीक होइन किनकि जुवा भनेको एक प्रकारको कुलत (एडिक्ट) हो । यसले समय बर्बाद गर्छ, नवीन विषयवस्तुको सृजनशीलता नष्ट गर्छ र आर्थिक कारोबार भए पनि जुवा पेशा बन्न सक्दैन र खेल्न बसेका हाम्रै टीम सदस्यमध्ये कसैले नहारी अर्कोले जित्न सक्दैन । त्यसैले जुवालाई खराब मानिएको हो ।
यो खराबी शेयरबजाररूपी जुवामा हुँदैन । पहिलो कुरा यसले लगानीकर्तालाई एडिक्ट बनाउँदैन । दोस्रो कुरा यस बजारमा केही नाफा कमाएर कोही बाहिर निस्क्यो भने उसले तत्कालका लागि लाभमा रहे पनि दीर्घकालमा त्यो शेयर माथि नै जान्छ, बेच्नेवाला घाटामै जान्छ । त्यसैले शेयर र जमीन बेच्नेवाला दीर्घकालमा घाटामा जाने हुँदा यो जुवा नै हो भने पनि राम्रो आदत भएको जुवा हो । जसले शेयर वा जमीन बेच्छ त्यसको केही दिनमा जमीनको भाउ पनि बढ्छ शेयर पनि बढ्छ भन्ने थाहा पाएकै हुन्छ । उसले तत्काल शेयरको रकम अर्को कुनै ठाउँमा लगानी गर्छ, त्यताबाट नाफा पनि गर्छ र अरूलाई रोजगारी पनि दिन्छ ।
व्यवसाय, उद्यमशीलता, शेयर, जागीर, पढाइ सबै अनिश्चितताका खेल हुन् । शिक्षा, परीक्षा, अनुभव पछिमात्र अर्निङ हुन्छ यो पेशामूलक शिक्षाको सूत्र हो । अन्य सामान्य शिक्षामा त पढाइ एकातिर कमाइ अर्कोतिर भएका अनेक उदाहरण छन् । तसर्थ शिक्षा पनि जुवा हो ।
एउटा ढोका बन्द भए अर्को ढोका खुल्छ भन्ने शाश्वत सत्यलाई लिएर पढ्नुपर्छ अगाडि बढ्नुपर्छ, त्यसैगरी लगानी पनि कुनै ठीक ठाउँमा पुग्छ र कमाइ दिन सक्छ कुनै डुब्न पनि सक्छ ।
जतिसुकै सुझबुझ साथ काम गरे पनि, सँगै हिँडे पनि अनुसरण गरे पनि कुनै न कुनै विन्दुमा एक जना अगाडि र अर्को पछाडि हुन्छ नै । अब यसलाई तयारी नपुगेको, अध्ययन नपुगेको, सुझबुझ तर्क, विश्लेषण हुन नकेको भनेर अनेक नाम दिउँला मनलाई शान्त पारौंला तर यथार्थ त जिन्दगी जुवा नै हो ।
जुवा अर्थात् ग्याम्लिङ थ्योरीले के सिकाउँछ भने सफलतामा कर्म आवश्यक हो, ग्यारेन्टी होइन । तर, काम नै नगर्ने हो भने त सफलता शून्य हुन्छ । ५२ ओटा तासमा कुनै चिडीको दुक्की झिक्न सकेमा ५० लाख पाइन्छ भन्ने हो भने । ५० लाख कमाउने १ भागा ५२ को सम्भावना र≈यो नै तर खेलिएन भने सम्भावना शून्य भयो ।
त्यसैले जीवनमा कमाउन लगानी गर्नुपर्छ । सकेसम्म धेरै कमाइ हुने ठाउँ मै लगानी होस , जस्तै शेयर, आयातनिर्यात व्यापार, अग्र्यानिक खेती साहासिक पर्यटन आदि पक्कै सफल भइइन्छ, अपवादमा जिन्दगी जुवा नै हो अन्यथा एउटै अंश बाँडेका २ भाइमा मुकेश अर्बपति र अनिल सडकपति किन हुन्थे ।
लेखक कैशालकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।