सिराइचुलीका व्यावसायिक साझेदारहरुले चितवनमा हाउजिङ निर्माण गर्दै, साढे २ करोड लागत

पुस १३, काठमाडौं। चितवनको चार तारे होटल सिराइचुलीका लगानीकर्ताहरुको समूहले कल्याणपुरमा हाउजिङ परियोजना ल्याउने भएका छन्। सिराइचुलीमा राज्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठसहित चितवनका २१ जना व्यावसायीहरुको लगानी रहेको छ। उनिहरु २१ जना मध्येबाटै कल्याणपुरमा हाउजिङ परियोजना ल्याउन लागिएको हो। १ बीघा, २ कठ्ठा १० धुर क्षेत्रफलमा १४ ओटा लक्जरी घरहरुको निर्माण सुरु भएको छ। अम्बे माँ कन्सट्रक्सन प्रालिले घरहरु निर्माणको काम शुरु गरिसकेको छ। अवको एक वर्षभित्र घरको निर्माण सक्ने र थप ६ महीनामा इन्टेरियर डिजाइनको काम सकेर डेढ वर्षभित्र बस्न मिल्ने गरि तयार हुने सिराइचुलीका लगानीकर्ता सुदीपसिंह अधिकारीले बताए। हाउजिङ भित्र २ कठ्ठा क्षेत्रफलको खुल्ला क्षेत्र, २०/३० फिटको स्विमिङ पुल, व्याडमिन्टन कोर्ट र मन्दिर निर्माण हुने छ। वास्तु मिलाउँदा सबैजसो घर पूर्व मोहडामा परेकाले बाटोमा पनि ठूलो क्षेत्रफल गएको अधिकारीले बताए। '२२ कठ्ठा जमीनमध्ये घरले ओगट्ने क्षेत्रफल ७ कठ्ठा मात्रै हो। यस हिसाबले त दुई तिहाईभन्दा बढी क्षेत्रफल खुल्ला रहने छ', अधिकारीले भने। अढाई तलका घरमा ५ बेडरुम, अट्याच वाथरुम, लिभिङ, डाइनिङ, किचन, स्टोर र पूजा कोठासहित हरेक घर ३ हजार ७५ वर्गफिट क्षेत्रफलको हुने छन्।  ३ वर्ष अघि नै जग्गा खरीद गर्दा प्रतिकठ्ठा ३५ देखि ४० लाख रुपैयाँमै खरीद भएकोले जग्गा खरीदमा ९ करोड रुपैयाँ हाराहारी रकम खर्च भएको सिराइचुली होटलका अध्यक्ष चुडामणी खनालले बताए। १४ ओटा घर निर्माण सम्पन्न हुँदा २ करोड ५० लाख रुपैयाँ हाराहारीमै  तयार हुने अनुमान गरिएको उनले बताए। चितवनबाट ८ किलोमिटर दक्षिणमा रहेको कल्याणपुर शान्त वातावरण भएको ठाउँ हो। महानगरभित्रको भीडभाडबाट शान्त ठाउँमा आराम गर्ने उद्धेष्यले हाउजिङ निर्माण गर्न लागिएको हो। व्यावसायिक साथीहरु एक ठाउँमा बस्दा सरसल्लाह गर्न र योजना बनाउन पनि सहज हुने भएकाले संयुक्त आवाशको योजना अघि बढेको पनि खनालले बताए। काठमाडौं उपत्यकामा चक्रपथ बाहिर ५ किलोमिटरसम्मको दुरीमा यत्तीको घर निर्माण गर्न ४ देखि ५ करोड रुपैयाँसम्म खर्च लाग्ने निर्माण कम्पनीहरुले बताएका छन्। चितवनमा भने जग्गाको मूल्य केहि सस्तो र निर्माण सामाग्री पनि काठमाडौंको तुलनामा सस्तो हुने भएकाले २ करोड ५० लाख रुपैयाँमै घर तयार हुने अनुमान गरिएको अधिकारीले बताए। चितवनमा यसअघि व्यवसायी  कालु गुरुङको समूहले व्यावसायिक हाउजिङ निर्माण गरेपनि व्यावसायिक साझेदारहरुले आफ्नै लागि निर्माण गरेको यो पहिलो हाउजिङ हो।

सम्बन्धित सामग्री

२३ करोड लागतमा सभागृह निर्माण सम्पन्न

दमौली– तनहुँको व्यास नगरपालिका–३ बिपी वनवाटिकामा सभाहल निर्माण कार्य सम्पन्न भएको छ । २३ करोड ६२ लाख लागतमा सभागृह निर्माण सम्पन्न भएको हो । सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कास्कीमार्फत् सभागृह निर्माण भएको हो । २०७४ माघ २८ गतेदेखि निर्माण सुरु भएको भवन कोरोना कहरका कारण ढिलाइ भएको थियो । […]

महानगरले ६ करोड लगानीमा बालाजुमा ‘स्केटबोर्ड’ निर्माण गर्ने

१७ जेठ,काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘स्केटबोर्ड’ निर्माण गर्ने भएको छ । ‘स्केटबोर्ड’ निर्माणका लागि महानगरपालिकाले टेण्डर आह्वान समेत गरिसकेको छ । महानगरको सार्वजनिक निर्माण विभागका प्रमुख राम थापाका अनुसार करिब ६ करोड रूपैयाँ लागतमा बालाजुमा ‘स्केटबोर्ड’ निर्माण गरिने छ । ‘बालाजुको १७ रोपनी जग्गामा ‘स्केटबोर्ड’ निर्माणका लागि टेण्डर प्रक्रियामा गएका छौं, ठेक्का लागेको ६ महिनाभित्र […]

एक करोड व्यक्तिगत लगानीमा रामसीता मन्दिर निर्माण

प्रसिद्ध धार्मिकस्थल रेसुंगाको काखमा एक समाजसेवीले एक करोड रुपैयाँभन्दा बढीको लगानीमा मन्दिर निर्माण गरेका छन् । गुल्मीदरबार गाउँपालिका– ३ का सुब्बा बस्नेतले व्यक्तिगत लगानीमा रामसीता मन्दिर निर्माण गरेका छन् ।  उनले...

जुम्लामा ५० करोड लगानीमा रंगशाला निर्माण हुँदै

जुम्लाको चन्दननाथ नगरपालिका–५ राजासिम चौरमा ५० करोड लगानीमा रंगशाला निर्माण हुने भएको छ । खेलाडीलाई प्रोत्साहन र उनीहरूको समस्यालाई मध्यनजर गर्दै अत्याधुनिक सुविधायुक्त रंगशाला निर्माण हुन लागेको हो । रंगशाला नहुँदा खेलाडीहरूले...

बीस करोड लगानीमा कमला नदीमा पक्कि पुल निर्माण हुँदै

सिन्धुलीको कमलामाई नगरपालिका ९ र १० जोड्ने गरि कमला नदीमा पक्कि पुल निर्माण हुने भएको छ। बागमती प्रदेश सरकारको २० करोड बढी लागतमा कमला नदीमाथि पक्कि पुल निर्माण धमाधम भइरहेको छ।...

१९ करोड खर्चेर २३३ योजना निर्माण

जुम्लाको पातारासी गाउँपालिकाले गत आर्थिक वर्षमा २ सय ३३ वटा योजना निर्माण गरेको छ । आव २०७७÷०७८ मा पुँजीगततर्फ विनियोजित २३ करोड ५८ लाखमध्ये १९ करोड १८ लाख खर्चेर पालिकाका ७ वटा वडामा २ सय ३३ वटा योजना निर्माण भएको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताए ।उनका अनुसार गत आवमा छनोट भएका २ […]

तीन करोड लगानीमा फलामे पदमार्ग निर्माण

दिपेन्द्र घलेसिन्धुपाल्चोक-संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत पर्यटन विभागको ३ करोड लगानीमा ‘एडभेन्चर भिया फराता’ निर्माण गरिएको छ ।जिल्लाको दुर्गम स्थल मानिने जुगल गाउँपालिकाको जुगल हिमश्रृंखलाका ६ वटा चुचुरोमा आरोहण गर्न आर्कषक ‘भिया फराता’ अर्थात् फलामे पदमार्ग निर्माण गरिएको हो ।अन्तर्राष्ट्रिय माउन्टेन गाइड तुलसिंह गुरुङको अगुवाइमा ७ जनाले २५ दिन खर्चिएर ‘एडभेन्चर भिया फराता’ […]

नयाँ सहर आयोजना : फिदिममा सात वर्षमा ३९ करोड खर्च, पूर्वाधार निर्माण सुस्त

पाँचथर । पूर्वाधारयुक्त सहर निर्माण गरी बसोबासका लागि आकर्षण गर्ने उद्देश्यका साथ निर्माणाधीन नयाँ सहर आयोजना फिदिममा हालसम्म रु ३९ करोड बढी बजेट खर्च भएको छ । नयाँ सहर निर्माणका लागि आवश्यक भनी यकिन गरिएका पूर्वाधार निर्माण गर्न हालसम्म रु ३९ करोड ४५ लाख ३४ हजार खर्च भएको छ । पाँचथरको फिदिमलाई पुष्पलाल (मध्य पहाडी) […]

५४ करोड लागतमा औद्योगिक ग्राम निर्माण हुँदै

धनकुटा, बैशाख २६। धनकुटाको पाख्रिबास नगरपालिकामा ५४ करोड रुपैयाँको लागतमा औद्योगिक ग्राम निर्माण हुने भएको छ । संघीय सरकारको ‘एक स्थानीय तहः एक औद्योगिक ग्राम’ नीति अनुसार नगरपालिकाको वडा नं ७ राम्चेडाडामा ११७ रोपनी क्षेत्रफल जग्गामा उद्योग मन्त्रालयको बहुवर्षीय योजना अन्तर्गत निर्माण सो औद्योगिक ग्राम निर्माण गर्न लागिएको हो । औद्योगिक ग्रामको संघीय सांसद राजेन्द्रकुमार […]

अन्नपुर्ण पदमार्गमा साढे दुई करोड लगानीमा न्यु वाटरफल होटल निर्माण

चक्रिय अन्नपूर्ण पदमार्गमा साढे दुई करोड लगानीमा होटल निर्माण गरिएको छ । पदमार्ग अन्तर्गत मर्स्याङ्दी गाउँपालिका ४ स्यागेँमा दुई करोड ५० लाख लगानीमा होटल निर्माण गरिएको हो ।  मर्स्याङ्दी गाउँपालिका...