काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसियनले आज पनि आन्दोलन जारी राखेको छ । तर आन्दोलनमा सहभागी भने पातलिँदै गएका छन् । यसअघि सयौं वकिल सहभागी हुने प्रदर्शनमा आजभोलि केही मात्रै देखिन थालेका छन् । प्रधानन्यायधीशविरुद्ध इजलास नै बहिस्कार गरेका न्यायाधीश पनि अदालत फर्कन थालेसँगै बारको आन्दोलनमा सहभागी घटेका हुन् । […]