राणाविरुद्ध बारको आन्दोलन जारी, नाराजुलुस भने नगरिने

नेपाल बार एशोसिएसनले आफ्नो आन्दोलनलाई जारी राखेको छ । तर, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध नाराजुलुस भने नगर्ने बारले निर्णय गरेको छ ।  नेपाल बार एशोसिएसनका महासचिव लिलामणि पौडेलका अनुसार प्रधानन्यायाधीश राणा पदच्युत नभएसम्म बारले आन्दोलन जारी नै राख्ने तर नारा जुलुस नभने नगर्ने निर्णय भएको हो ।  'यसअघि उनी सर्वोच्च अदालत आइनै रहेका थिए, त्यसकारण पनि उनको राजीनामा, पदच्युतलगायतको माग गर्दै हामीले सर्वोच्च परिसरमा उनी विरुद्ध नाराबाजी गर्दै आएका थियौं,' पौडेलले लोकान्तरसँग भने, 'तर ...