म्याग्दी : जिल्लामा सञ्चालित ठूला विकास आयोजना ‘हात्तीका देखाउने दाँत’जस्तै बनेका छन्। पटक–पटक म्याद थप गरिएको समयमा पनि ठूला विकास योजना सम्पन्न हुन सकेको छैनन्।निर्माण व्यवसायीको लापरबाहीले जिल्लामा रणनीतिक र गौरवका योजनाको रूपमा सञ्चालन भएका सडक, भवन, पुललगायतका ठूला विकास निर्माणका योजना अलपत्र अवस्थामा छन्। हिउँदयाममा समेत निर्माण व्यवसायीले पर्याप्त मात्रामा जनशक्ति र उपकरण परिचालन नगरेपछि जिल्लाको विकासपछि धकेलिएको छ। म्याग्दीमा संघीय र गण्डकी प्रदेश सरकार