बाग्मती प्रदेश सरकारले गोसाइँकुण्ड एकीकृत विकास आयोजना शुरु गर्ने

हेटौंडा । वाग्मती प्रदेश सरकारले रसुवाको गोसाइँकुण्ड एकीकृत विकास आयोजना निर्माणपूर्वका सम्पूर्ण तयारी सकेको जनाइएको छ । आयोजनाको निर्माणपूर्वका सम्पूर्ण काम सकिएकाले केही दिनमै बोलपत्र आह्वान गरिने प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । बहुवर्षीय योजनाका रुपमा प्रदेश सरकारले अगाडि सारेका आयोजनाका लागि चालू आर्थिक वर्षमा रु पाँच करोड ४१ लाख बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । आयोजनाअन्तर्गत गोसाइँकुण्डमा बाटो, बत्ती, पाटी, पौवा, शौचालय, नाचघर, पैदलमार्गलगायत संरचना नि