काठमाण्डौ – पाँच वटा प्रदेशका ३४ जिल्लामा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना सुरु गरिएको छ ।
बाग्मतीसहित कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका ३४ जिल्लालाई कार्यक्रममा समेटिएको छ ।
कार्यक्रमले कोशीका ७, बाग्मतीका ३, गण्डकीका १०, कर्णालीका ९ र सुदूरपश्चिम प्रदेशका ५ वटा जिल्लालाई समेटेको छ ।
ती ३४ जिल्लाका सय वटा पालिकाका नागरिकको कृषिमा आधारित आम्दानी वृद्धि गर्न १० हजार धुरीको सहभागितामा एक हजार हेक्टरमा तरकारी तथा अन्य रैथाने बाली खेती र ३० हजार घरधुरीको सहभागितामा १० हजार हेक्टरमा बगैँचा स्थाप...