संयुक्त राष्ट्रसंघले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच सुरक्षा र रणनीतिक मामिलामा भएको वार्ताको स्वागत गरेको संयुक्त राष्ट्रसंघका प्रवक्ता फ्लोरेन्सिया सोतो निनोले स्पुतनिकलाई बताएकी छन्।बिहीबार दुई राष्ट्रपतिले युक्रेनमा बढ्दो तनावसम्बन्धमा आगामी वार्ताबारे छलफल गर्न टेलिफोन कुराकानी गरेका थिए।'हामी सधैं सदस्य राष्ट्रबीचको संवादलाई स्वागत गर्दछौं,' फोन कुराकानीबारे सोध्दा निनोले उक्त टिप्पणी गरेकी हुन्।युक्रेनी सीमामा र