काठमाण्डाै – रुस र अमेरिकाबीच बिग्रँदो सम्बन्धका बीच रुसले आफ्ना अमेरिकी राजदूतलाई फिर्ता बोलाएको छ । रुसले दुई देशबीच लगातार बिग्रँदै गएको सम्बन्धलाई लिएर परामर्श गर्नका लागि राजदूत फिर्ता बोलाएको बीबीसीले जनाएको छ ।
रुसी सरकारले अमेरिकाबाट रुसी राजदूत अनातोली एन्टोनोभलाई मस्को फिर्ता बोलाइएको जनाएको छ । अहिले अमेरिका र रुसबीचको सम्बन्ध निकै बिग्रिएको छ ।
खासमा अमेरिकी राष्ट्रपति जो बाइडेनले एक अन्तर्वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चुनावमा गर्नुभएको कथित हस्तक्षेपको ‘मूल्य चुकाउनु...