काठमाडौं : संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् बैठकमा अमेरिका र रुसबीच चर्काचर्की भएको छ। युक्रेनको सीमा क्षेत्रमा मस्कोले सेना परिचालन गरेपछि त्यसबारे छलफल गर्न अमेरिकाले बोलाएको राष्ट्र संघ सुरक्षा परिषद्को बैठकमा रुसी र अमेरिकी राजदूतबीच आक्रोशपूर्ण आरोप प्रत्यारोप भएको हो। राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले रुसले गरेको सैन्य परिचालनलाई दशकौँमा युरोपले देखेको सबैभन्दा ठूलो सैन्य परिचालन भएको बताइन्। रुसी समकक्षीले अमेरिकाले उन्माद फैलाएको र रुसी मामिलामा