विश्वलाई आणविक हतियारमुक्त बनाउने प्रमुख शक्ति राष्ट्रको प्रतिबद्धता

विश्वका सबैभन्दा ठूला आणविक शक्ति सम्पन्न ५ राष्ट्रले विश्वलाई आणविक हतियारमुक्त बनाउने दिशातर्फ मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । राष्ट्रसंघीय सुरक्षा परिषद्को स्थायी सदस्य समेत रहेका अमेरिका, रुस, चीन, बेलायत र फ्रान्सले सोमबार संयुक्त विज्ञप्तिमार्फत् विश्वलाई आणविक हतियारमुक्त बनाउने प्रतिबद्धता जनाएका छन् ।

सम्बन्धित सामग्री

किम जोङ उनले आणविक हतियार बढाउने

उत्तर कोरियाली नेता किम जोङ उनले देशको आणविक हतियार बढाउने प्रतिबद्धता जनाएका छन् । सोमवार राति आयोजित एउटा सैन्य परेडलाई सम्बोधन गर्दै उनले आफ्नो परमाणु कार्यक्रम र अस्त्रभण्डार अझ बलियो बनाउने बाचा गरेका हुन् । उत्तर कोरियाली सेनाको ९०औँ स्थापना दिवसको अवसरमा आयोजित परेडमा प्रतिबन्धित अन्तरमहादेशीय ल्यालिस्टिक क्षेप्यास्त्र आईसीबीएम प्रदर्शन गरिएको थियो । उत्तर कोरियाले सन् २०१७ पछि पहिलो पटक मार्चमा सबैभन्दा ठूलो आइसीबीएम परीक्षण गरेको थियो । परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायमा