हिल्साबाट किटसम्म सडक बनेपछि सुरक्षाकर्मीलाई अनुगमनमा सहज

नेपाल र चीनको सिमाना हिल्सादेखि पश्चिम सीमा स्तम्भ रहेको किट क्षेत्रमा सुरक्षाकर्मीहरुलाई अनुगमन गर्न सहज भएको छ । हिल्साबाट किटसम्म सडक निर्माण कार्य भएपछि सुरक्षाकर्मीलाई सिमास्तम्भहरुको दैनिक रुपमा अनुगमन गर्न सहज भएको हो ।  सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका  सशस्त्र प्रहरी नायव उपरीक्षक गेहेन्द्र भण्डारीले सडक निर्माणसँगै हिल्सामा रहेको सीमा सुरक्षा चौकी ( बिओपी ) का सुरक्षाकर्मीहरुलाई सीमा स्तम्भहरुको अनुगमन गर्न सहज भएको बताउनुभयो । सीमा सुरक्षाका लागि गर्त वर्षबाट हिल्सामा बिओपी  स्थापना गरिएको हो । चौकीमा सशस्त्र प्रहरी निरीक्षक नीरज केसीले हिल्साबाट किटसम्म सडक निर्माण भएसँगै सीमा स्तम्भहरुको अनुगमन गर्न सहज र छिटो भएको बताउनुभयो । यसअघि सडक निर्माण नभएको बेला पहिरोले पुरेको घोरेटो बाटो हुँदा सुरक्षाकर्मीहरुलाई सो क्षेत्रमा जान निक्कै सास्ती खेप्नु पर्ने अवस्था थियो ।

सम्बन्धित सामग्री

आँधीमुहानमा पुल बनेपछि चार जिल्लालाई सहज

२१ कात्तिक, गल्याङ (स्याङजा) । कालीगण्डकी लोकमार्गअन्तर्गत आँधीमुहानस्थित आँधीखोलामा पुल बनेपछि स्थानीयलाई सहज भएको छ । स्याङ्जाका पश्चिम, पर्वतका दक्षिण, गुल्मी र बाग्लुङ जिल्लाका पूर्वी भागका नागरिकलाई गल्याङ, पाल्पा, बुटवल, नारायणगढ, दाङ र भारतसमेत जान सबैभन्दा छोटो मानिएको बिहादी–सेतीवेणी–मिर्मी सडक खण्डअन्तर्गत आँधीमुहानमा पुल बनेपछि सहज भएको हो । यहाँका स्थानीयहरु उच्चस्तरको स्वास्थ्य सेवा लिन, व्यापारीका […]

ठेकेदारले अलपत्र पारेको सडक श्रमदान गरेर मर्मत

३० असोज, बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाको केन्द्रदेखि वडा नं ७ रेश पुग्ने सडक पछिल्लो एक वर्षदेखि अलपत्र थियो । सोलिङ गरेर ढलान गर्न रडसमेत बिच्छ्याएको सडक निर्माण कम्पनी सम्पर्कविहीन बनेपछि अलपत्र परेको थियो । चाडबाडको मुखमा अलपत्र सडकले दुर्घटनाको जोखिम निम्त्याएको भन्दै स्थानीयले श्रमदान गरेर सडक मर्मत गरेका छन् । एक वर्षअघि रेशको कुँवरचोक […]

पशुपतिनगर–मानेभञ्ज्याङ सडक बनेपछि स्थानीयलाई सुविधा

अब पशुपतिनगरबाट सोझै मानेभञ्ज्याङसम्म सडक बनेपछि स्थानीयले सुविधा पाउने भएका हुन्।

नागढुङ्गा-नौबिसे सडक खण्डमा एकतर्फी गाडी सञ्चालन

काठमाण्डाै - काठमाण्डौको मुख्य नाका नागढुङ्गामा अहिले चापमा गाडी चलिरहेको छ । नागढुङ्गा भन्दा केही तल बस बिग्रिएकाले नागढुङ्गा-नौबिसे सडक खण्डमा अहिले एकतर्फी मात्रै गाडी चलिरहेकाे हाे । यसले गर्दा चाप बढेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार बिग्रिएको बसलाई बनाउने काम भइरहेको छ । बस बनेपछि सडक दुईतर्फी नै खुलाइने छ । यो सडक खण्ड भएर हरेक दिन हजारौँ गाडी काठमाण्डौ भित्रने र बाहिरिने गर्छन् । साँघुरो सडक र गाडीको चाप धेरै हुँदा हरेक दिनजसो यो सडकमा जाम हुने गरेको छ।

कर्णाली नदीमा पक्की पुल बन्दै, हुम्ला सदरमुकाम सडक सञ्जालसँग जोडिने

सिमकोट- कर्णाली करिडोरअन्तर्गत कर्णाली नदीमा मोटरेवल पुल बन्ने भएको छ। पुल बनेपछि हुम्ला सदरमुकाम सिमकोट राष्ट्रय सडक सञ्जालसँग जोडिने छ। सदरमुकामलाई सडक सञ्जालसँग जोड्ने गरी पुल बन्नु खुसीको कुरा भएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए। पुल यसै आर्थिक वर्षभित्र निर्माण गरिने बताइएको छ। निर्माण कम्पनीलाई ताकेता गरेर पुल निर्माण कार्य समयमै सक्नुपर्ने अध्यक्ष रावलले […]

तीन महिनापछि साँफे–मार्तडी सडक खुल्यो

बाजुरा – अछामको साँफेबगरदेखि बाजुराको सदरमुकाम मार्तडीसम्मको ५७ किलोमिटर सडक तीन महिनापछि मर्मत भएको छ । पहिरोले गएको असार १५ गतेदेखि बन्द रहेको सडक खुलेको हो ।  सडक विभागले भत्किएको ठाउँमा मर्मत गरेपछि साँफे–मार्तडी सडक जोडिएको छ । यो बाटो बनेपछि बाजुरा, हुम्ला र मुगुका स्थानीयबासिन्दालाई सहज भएको छ । साँफे–मार्तडी सडकखण्ड अन्तर्गतको बार्जुगाडदेखि मार्तडीसम्मको २९ किलोमिटर सडकमा दर्जनौँ ठाउँमा पहिरो गएको थियो ।  मर्मतपछि अहिले साना गाडी र ट्याक्टर चल्ने भैसकेको र ठूला बस पनि गुडा...

ठेकेदार सम्पर्कविहीन, सडक अलपत्र

म्याग्दी, असोज ८ । बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजका ठेकेदार सम्पर्कविहीन बनेपछि काम अलपत्र परेको छ । गत वैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको सडक निर्माणको काम अझै सुरु भएको छैन । मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको सडक निर्माणको जिम्मेवारी बिरुवा–क्याराभान जेभीले लिएको थियो । निर्माण कम्पनीका प्रतिनिधि र सहायक […]

ठेकेदार सम्पर्कविहीन बनेपछि सडक अलपत्र

बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजका ठेकेदार सम्पर्कविहीन बनेपछि काम अलपत्र परेको छ । गत वैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको सडक निर्माणको काम अझै सुरु भएको छैन । मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको सडक निर्माणको जिम्मेवारी बिरुवा–क्याराभान जेभीले लिएको थियो ।निर्माण कम्पनीका प्रतिनिधि र सहायक ठेकेदार अधकल्चो काम छाडेर सम्पर्कविहीन बनेपछि आयोजना अलपत्र पर्नाका साथै नागरिकलाई सास्ती भएको मालिका गाउँपालिकाका अध्यक्ष श

दुर्गम क्षेत्र जोड्ने सडक बनेपछि बाजागाजासहित उद्घाटन

म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिकामा गौरवको आयोजनाको रूपमा सञ्चालन भएको दग्नाम–दर्मिजा–चिमखोला–कुइनेमङ्गले सडकको उद्घाटन गरिएको छ । गलेश्वर–पिप्ले–मौवाफाँट–दग्नाम–चिमखोला–कुइनेमङ्गले सडकखण्डअन्तर्गत रघुगङ्गा गाउँपालिका–४ दग्नामको अजिङ्गर भीरमा पुगेर रोकिएको सडक गाउँपालिका र जलविद्युत् निर्माण गर्ने तुँदीपावर र संयुक्त ऊर्जा कम्पनीको साझेदारीमा अक्करे पहाडमा विस्फोटक पदार्थको सहायताले सडकको ट्रयाक निर्माणले पूर्णता पाएको थियो । सडकको ट्रयाक निर्माण भएर नियमितरूपमा ...

सडक बनेपछि पाटेनागी पुग्न सहज

इलाम – इलाम नगरपालिका ३ पुवामझुवाको पाटेनागी पुग्ने सडकको निर्माण कार्य सम्पन्न भएको छ । रक्सेको बागखोर बजारबाट पाटेनागीसम्म पुग्ने ६ किलोमिटर कच्ची मोटरबाटोको निर्माण कार्य सम्पन्न भएको हो ।  नगरपालिकाको दश लाख रुपैयाँ लागतमा वडामार्फत सडक खन्ने काम सम्पन्न भएसँगै अब पर्यटकलाई पाटेनागी पुग्न झण्डै २५ मिनेट समय लाग्ने भएको पालिकाका कर्मचारी हेमराज ढकालले बताउनुभयो ।धार्मिक तथा पर्यटकीय गन्तव्यका लागि महत्त्वपूर्ण मानिएको इलामको पाटेनागी कुहिभिर हुँदै पुग्न सकिन्छ । ‘सडक नबन्दासम्म पाटेनागी पुग्न चार घण्टासम्...