इलाम – इलाम नगरपालिका ३ पुवामझुवाको पाटेनागी पुग्ने सडकको निर्माण कार्य सम्पन्न भएको छ । रक्सेको बागखोर बजारबाट पाटेनागीसम्म पुग्ने ६ किलोमिटर कच्ची मोटरबाटोको निर्माण कार्य सम्पन्न भएको हो ।
नगरपालिकाको दश लाख रुपैयाँ लागतमा वडामार्फत सडक खन्ने काम सम्पन्न भएसँगै अब पर्यटकलाई पाटेनागी पुग्न झण्डै २५ मिनेट समय लाग्ने भएको पालिकाका कर्मचारी हेमराज ढकालले बताउनुभयो ।धार्मिक तथा पर्यटकीय गन्तव्यका लागि महत्त्वपूर्ण मानिएको इलामको पाटेनागी कुहिभिर हुँदै पुग्न सकिन्छ । ‘सडक नबन्दासम्म पाटेनागी पुग्न चार घण्टासम्...