तीन महिनापछि साँफे–मार्तडी सडक खुल्यो

बाजुरा – अछामको साँफेबगरदेखि बाजुराको सदरमुकाम मार्तडीसम्मको ५७ किलोमिटर सडक तीन महिनापछि मर्मत भएको छ । पहिरोले गएको असार १५ गतेदेखि बन्द रहेको सडक खुलेको हो ।  सडक विभागले भत्किएको ठाउँमा मर्मत गरेपछि साँफे–मार्तडी सडक जोडिएको छ । यो बाटो बनेपछि बाजुरा, हुम्ला र मुगुका स्थानीयबासिन्दालाई सहज भएको छ । साँफे–मार्तडी सडकखण्ड अन्तर्गतको बार्जुगाडदेखि मार्तडीसम्मको २९ किलोमिटर सडकमा दर्जनौँ ठाउँमा पहिरो गएको थियो ।  मर्मतपछि अहिले साना गाडी र ट्याक्टर चल्ने भैसकेको र ठूला बस पनि गुडा...

सम्बन्धित सामग्री

पहिरोले साँफे–मार्तडी सडक अवरुद्ध

लगातारको वर्षाका कारण साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । साँफेबगर नगरपालिका–१३ स्थित बुढाबगर पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

साँफे–मार्तडी सडक अवरुद्ध

बाजुराको साँफे मार्तडी सडक अवरुद्ध भएको छ । साँफे–मार्तडी सडकअन्तर्गत बडिमालिका नगरपालिका –६ स्थित नुनेपानी सडकमा पहिरो गएपछि सो सडक अवरुद्ध भएको हो ।

पहिरोले साँफे–मार्तडी सडक अवरुद्ध

बाजुरा – बाजुराको दुई ठाउँमा पहिरो खसेको छ। बाजुराको बुढीगंगा नगरपालिका–६ बर्जुगार्ड र बढिमालिका नगरपालिका–६ बल्डेमा आज बिहान पहिरो खसेको हो । पहिरोका कारण साँफे–मार्तडी सडकखण्डमा सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ ।

सधैंको सास्ती साँफे मार्तडी सडक, वैकल्पिक मार्ग निर्माणमा बेवास्ता

सडक निर्माण सकिएर गाडी गुडेपनि बाजुरा बासीलाई सास्ती कायमै रह्यो। कालोपत्रे निर्माण कार्य सकिएकै ५ वर्ष पुग्यो, तर सास्ती र समस्या अझै सकिएको छैन्। असार पहिलो साता देखि असोस दोस्रोसाता सम्म साँफे मार्तडी सडक अवरुद्ध हुनेक्रम रोकिएको छैन्।...

साँफे–मार्तडी सडक सञ्चालनमा

अछामको साँफेदेखि बाजुराको मार्तडी जोड्ने सडक सञ्चालनमा आएको छ । असोजको दोस्रो हप्तामा केही दिन सामान्य सञ्चालनमा आए पनि असोज ३१ देखि कात्तिक २ गतेसम्म लगातार परेको अविरल वर्षाले साँफे–मार्तडी सडक अन्तर्गतको बल्देमा पहिरो गएपछि साँफे–मार्तडी सडक २ हप्तासम्म अवरुद्ध भएको थियो ।  सवारीसाधन मार्तडी नपुग्दा जिल्लाका व्यापारीलाई सामान ढुवानी साथै यात्रु आवागमन गर्न समस्या थियो । सामान ढुवानी गर्न असहज भएपछि उपभोक्ताले चर्को मूल्यमा दैनिक उपभोग्यका सामान खरिद गर्दा महंगीको मार खेप्नु परेको स्थानीयको भनाइ छ ।&...

साँफे–मार्तडी सडक अवरुद्ध

अछाम – लगातारको वर्षाका कारण साँफे–मार्तडी राजमार्ग पुनः अवरुद्ध भएको छ। केही दिनदेखि सञ्चालनमा आएको राजमार्ग पुनः अविरल वर्षाका कारण सडकमाथिबाट आएको पहिराले अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए। उनका अनुसार राजमार्ग सडकको बल्दे, अम्कोट, द्वारी र ओलेनामा ठूलो पहिरो आएर अवरुद्ध बनेको छ। उक्त क्षेत्रमा ठूलो पहिरो आएको […]

पहिरोले साँफे-मार्तडी सडक पुनः अवरुद्ध

२४ असार, बाजुरा । पहिरोका कारण साँफे-मार्तडी सडक पुनः अवरुद्ध भएको छ । गएरातिको अविरल वर्षापछि पहिरो जाँदा साँफे-मार्तडी सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार सो सडकखण्डमा दुई ठाउँमा पहिरो गएको छ …

साँफे–मार्तडी सडक पुनः अवरुद्ध

साँफे–मार्तडी सडक पुनः अवरुद्ध भएको छ । गएरातीको अविरल वर्षापछि पहिराे जाँदा साँफे–मार्तडी सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार सो सडकखण्डमा दुई ठाउँमा पहिरो गएको छ । लामो समयदेखि बन्द सडक केही दिन पहिले सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको केही दिनमै पुनः पहिरो गएपछि साँफे मार्तडी सडकको बाजुरा खण्ड सम्पर्कविहीन भएको छ । लगातारको वर्षाले साँफे मार्तडी सडकखण्डको ठाउँठाउँमा पहिरो आएपछि बुधबार रातिबाट सडक अवरोध भएको छ । सडक अवरुद्ध बनेसँगै यातायातका साधन तथा

साँफे मार्तडी सडक मर्मत सुरु

अविरल वर्षाका कारण भत्किएको साँफे मार्तडी सडक बनाउन सुरु भएको छ । बाढी पहिरोले भत्किएको साँफे मार्तडी सडकअन्तर्गत बार्जुगाड सेराबजार बल्दे अम्कोट तीपाडा लगायतका ठाउँका सडक मर्मत सुरु गरिएको हो ।