पूर्वी पहाडका जिल्लालाई तराईसँग जोड्ने तमोर कोरिडोरको मुलघाट–दोरम्बा सडकमा पर्ने खोलाहरू पुल बनाउने कामले गति लिन सकेको छैन । आठवटा पुलको ठेक्का लागेको भए पनि काममा ढिलाइ भएको हो । छिटो तराई झर्न मिल्ने सुविधा सम्पन्न सडक बनेपछि यहाँ गाडीको चाप बढ्दै गएको छ । तर खोलामा पुल नहुँदा समस्या भएको स्थानीय...
पूर्वी पहाडका जिल्लालाई तराईसँग जोड्ने तमोर कोरिडोरको मुलघाट–दोरम्बा सडकमा पर्ने खोलाहरू पुल बनाउने कामले गति लिन सकेको छैन । आठवटा पुलको ठेक्का लागेको भए पनि काममा ढिलाइ भएको हो । छिटो तराई झर्न मिल्ने सुविधा सम्पन्न सडक बनेपछि यहाँ गाडीको चाप बढ्दै गएको छ । तर खोलामा पुल नहुँदा समस्या भएको स्थानीय...
कालोपत्रे सडक, तीन तलासम्मका पक्की घरहरू, विद्युत्, चौबिसै घण्टा खानेपानी प्रायः यी सुविधा सहरी क्षेत्रमा पाइन्छ । बिपी राजमार्गबाट सवारीसाधनमा बढीमा सात मिनेटमा नै पुगिने राताटारले यतिखेर यी सबै सुविधा भएको स्थानको पहिचान बनाएको छ । गोलन्जोर गाउँपालिका–७ को राताटार सात वर्षअघिसम्म भत्किएका घर र अस्थायी टहरोले कुरूप थियो । यतिखेर त्यही राताटार रङ्गीन भएको छ । “अहिले त स्वर्ग झैँ भएको छ,” स्थानीय कृष्णबहादुर राईले प्रतिक्रिया व्यक्त गर्नुभयो । “यस्तो होला भन्ने त कल्पना पनि गरिएको थिएन,” उहाँले भन्नुभयो, “पिच सडक गाउँमै आउला भन्ने लागेकै थिएन । भूकम्पपछिको पुनर्निर्माणबाट पक्की संरचना बनेपछि राताटार गाउँको मुहार नै फेरिएको छ ।”
विराटनगर । कोशी प्रदेशको सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको नाम परिवर्तन भई भौतिक पूर्वाधार विकास मन्त्रालय कायम भएको छ ।
मन्त्रालयको संख्या थपघट हुँदा उक्त मन्त्रालयको नाम लामो र अप्ठ्यारो भएको भन्दै पहिलेकै नाम कायम गर्न मन्त्री दुर्गाप्रसाद चापागाईंद्वारा स्वीकृत गरी प्रदेश सरकार कार्यसम्पादन नियमावलीबमोजिम मुख्यमन्त्री कार्यालयमा पत्राचार गरिएको थियो ।
उक्त प्रस्ताव मुख्यमन्त्री कार्यालयमा पेश गर्न गत फागुन १६ गते मन्त्री चापागाईंले स्वीकृति दिएका थिए । सोहीअनुसार ‘सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय’को सट्टा ‘भौतिक पूर्वाधार विकास मन्त्रालय’ नाम कायम गर्न सचिव मोहनराज चापागाईंले फागुन १७ गते मुख्यमन्त्री कार्यालयमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा मुख्यमन्त्री कार्यालयले प्रस्तावमा लेखिएबमोजिम मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको नाम परिवर्तन गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकार (मन्त्रिपरिषद्) को २०७८ माघ २३ गतेको निर्णयबमोजिम तत्कालीन प्रदेश नम्बर १ को मन्त्रालय संख्या पनि विस्तार भएको थियो । त्यसैबेला साविकको भौतिक पूर्वाधार विकास मन्त्रालय, सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय र यातायात तथा सञ्चार मन्त्रालय गरी तीनओटामा विभाजित गरिएको थियो ।
प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार बनेपछि विभाजन गरिएका कतिपय मन्त्रालयहरू पूर्वाधार मन्त्रालयमै कायम भएर सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय नाम राखिएको थियो ।
त्यसरी नाम राख्दा साविकको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेर बनाइएका ऐन, (प्रदेश भवन ऐन, प्रदेश सार्वजनिक सडक ऐन साथै बृहत् विराट विकास क्षेत्रसम्बन्धी ऐन आदि), कार्यविधि तथा निर्देशिकाको कार्यान्वयनमा प्रशासनिक कठिनाइ आएको थियो । यस्तै राष्ट्रिय किताबखाना (निजामती) मा समेत यस मन्त्रालयको नाम दर्ता नहुँदा त्यहाँबाट प्राप्त हुने सुविधा प्राप्तिमा समेत जटिलता भएकोले पुरानै मन्त्रालयको नाम कायम गर्नुपर्ने मन्त्रालयको तर्क थियो ।
नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं मकवानपुर २ (ख) का लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँले जनताको दैनिक जनजीवन सहज बनाउने काममा आफूहरूले ध्यान दिने प्रतिबद्धता जनाएका छन्। बिहीबार मनहरीमा आयोजित लोकतान्त्रिक वाम गठबन्धनको प्रदेश क्षेत्रस्तरीय आमसभामा बानियाँले गठबन्धनको सरकार बनेपछि विकट क्षेत्रमा सडक, खानेपानी, बिजुली विस्तारजस्ता काममा तीव्रता दिइने बताए । लामो संघर्षपछि प्राप्त वर्तमान व्यवस्थाकै कारण गाउँगाउँमा बाटो, पानी, बिजुलीको सुविधा पुगेको
कात्तिक २६, रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ छिर्ने र कोइरालखर्क जोड्ने लुङ्ग्री खोलामा पक्की पुल निर्माण भएको छ ।
सडक पूर्वाधार विकास कार्यालय रोल्पा मार्फत पुल बनेपछि गत १० वर्षदेखि पक्की पुलको माग गर्दै आएको स्थानीयको माग सम्बोधन भएको हो । गत दुईवर्ष अघिदेखि शुरु भएको लुङ्ग्री खोला पुलको गत असारमा निर्माण सम्पन्न भएको हो ।
कुल ६ करोड ६३ लाख २९ हजार लागत रहेको यो पुलको लम्बाई ५२ मिटर र चौडाई ८ मिटर रहेको छ । पुल निर्माणको जिम्मा २०७६ भदौमा एशियाटिक राजविर आँशु जेभीले पाएको थियो । सम्झौता बमोजिम गत भदौमा सम्पन्न गर्नुपर्ने पुल निर्माणको काम २ महीना अघि नै सम्पन्न भएको थियो ।
पुलको सोमवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उद्घाटन गरे । पुल उद्घाटन गर्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारको सहयोगमा योसँगै रोल्पामा ८ ओटा अन्य सडक पुल निर्माण भइरहेको बताए । ‘भर्खरै मात्र नयाँ सरकार बनेका छ’ मुख्यमन्त्री केसीले भने ‘अब यो सरकारको ध्यान आत्मनिर्भर प्रदेश बनाउने हो ।’
छिर्ने–कोइरालखर्क हुँदै प्यूठान जोड्ने यो सडकमा पुल बनेपछि यहाँका स्थानीयलाई आवत–जावत गर्न सहज भएको छ । यसअघि ६ महीना मात्र गाडी चल्ने भएकाले जेठमै ६ महीना पुग्न खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता हटेको स्थानीय देबकुमार विश्वकर्माले बताए । ‘अहिले १२ महीना वारपार गर्न सजिलो भएको छ’ विश्वकर्माले भने ‘बिरामी हुँदा पनि र खाद्यान्न ढुवानीमा पनि सुविधा भएको छ ।’ २०६८ सालमा स्थानीयले आफै रकम संकलन गरी यो सडकको निर्माण शुरु गरेका थिए ।
सडक निर्माण भएपनि पक्की पुल नहुँदा वर्षाैसम्म सास्ती भोग्दै आएका स्थानीयलाई अब भने राहत हुने सुनिलस्मृति गाउँपालिका–४ का वडाध्यक्ष गञ्ज क्षेत्रीको भनाइ छ ।
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकास्थित राहुघाट र बगरखोलामा मोटर चल्ने दुईओटा पुल (बेलीब्रिज) निर्माण भएको छ । राहुघाट नदीमा ८३ दशमलव ५ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजना एकसाथ निर्माण गरिरहेको तुदी पावर कम्पनीले बनाएको बेलीब्रिजबाट स्थानीयवासीलाई पनि सुविधा पुगेको छ । आयोजनाका इञ्जिनीयर नरोत्तम कार्कीले रघुगंगा गाउँपालिका–७ चिमखोलाको बगरखोलामा ३० मिटर लामो, वडा नं ४ र ५ को सिमानास्थित राहुघाट नदीमाथि ६९ मिटर लामो बेलीब्रिज निर्माण भएको जानकारी दिए ।
३५ मेगावाट क्षमताको राहुघाट मंगले जलविद्युत् आयोजना निर्माणस्थल जोड्ने सडकअन्तर्गत बगरखोलामा बनेको पुलले चिमखोला र कुइनेमंगलेका दुईओटा वडालाई सीधा सडक यातायात सञ्जालसँग जोडेको छ । कुइनेमंगलेका वडाध्यक्ष गमान छन्त्यालले बगरखोलामा बेलीब्रिज बनेपछि बाहै्र महीना गाडी चल्न थालेका बताए । दग्नामको अजिंगर भीरबाट बन्दीसम्म सात किलोमिटर पहुँचमार्ग खनेको यस आयोजनाले घ्याँसीखर्कमा अर्को बेलीब्रिज बनाउने तयारी गरेको बताएको छ । राहुघाट नदीमा निर्माण भएको बेलीब्रिजले ४८ दशमलव ५ मेगावाट क्षमताको माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको पहुँचमार्ग सडक सञ्जालमा जोडेको छ । विद्युत्गृह र निर्माणस्थल पुग्ने २०० मिटर सडक निर्माण बाँकी छ । विस्फोटक पदार्थको प्रयोग गरेर सुरुङ निर्माण थालिएको छ । रासस
२०५४ सालमा उत्तरकन्या गाउँ विकास समितिको अध्यक्ष बनेपछि घलेगाउँका अगुवा प्रेमबहादुर घलेलाई गाउँको विकास कसरी गर्ने भन्ने चिन्ताले सतायो । गाउँसम्म पुग्नलाई सडक थिएन, कम्मर कसेर ५/६ घन्टा हिँड्नुपर्ने। बिजुलीबत्तीको सुविधा पनि थिएन, टुकीको भर। खानेपानी भर्न गाउँपछाडिको सातकन्या कुवामा बिहान झिसमिसेदेखि नै पालो कुर्नुपर्ने।
बागलुङ: जैमनी नगरपालिका–१ ठेउले खोलाको जैमनीघाटमा बेलीब्रिज निर्माण भएपछि बागलुङका गाउँहरू सडक सञ्जालसँग जोडिएका छन् । गाउँ पुग्न सदरमुकामदेखि हप्तौं लाग्ने गरेकोमा यातायात सुविधा पुगे पछि गाउँहरू पनि विस्तारै व्यापारिक…
मधेसका समथर ठाउँमा जताततै सडक सुविधा छ । यहाँका ठाउँ जेरीजस्तै एक अर्कासित जोडिएका छन् । पहुँचका आधारमा सुगम मधेसका जिल्लामा वर्षातका महिना निकै कठिन बन्ने गरेका छन् । विकासको नाममा भ्रष्टाचार मात्र हुने गरेकाले वर्षायाम यहाँका सडक पहाडका भन्दा सकसपूर्ण हुन्छन् ।