क्वीड र सेन्ट्रोलाई टक्कर दिन तयार भयो ‘सेलेरियो’, अर्को हप्ता बजारमा आउने

काठमाडौं । साना ह्याचव्याक कारको बजार घट्दो क्रममा रहेको छ । अहिले साना ह्याचव्याक कारमा सर्वाधिक विक्री हुने रेनो क्वीड र हुन्डाई सेन्ट्रोलाई टक्कर दिन मारुती सुजुकीले नयाँ जेनेरेशन सेलेरियो बजारमा ल्याउँदैछ । अर्को हप्ता नोभेम्बर १० तारिखमा भारतबाट विक्री सुरु हुने नयाँ जेनेरेशन सेलेरियो नेपालमा पनि चाँडै आउने बताइएको छ । कुनै समय नेपालमा […]

सम्बन्धित सामग्री

अनरको ‘एक्स–७ बी’ नेपाली बजारमा आउँदै, के छन् विशेषता?

काठमाडाैँ – अनर एक्स ७ बी मोबाइल अब छिट्टै नेपली बजारमा आउने भएको छ। ६ हजार एमएचको ब्याट्री रहेको अनर एक्स ७ बीको मेन क्यामेरा १०६ एमपीको रहेको छ भने २५६ जीबीको स्टोरेज रहेको छ। ग्लोबल टेक्नोलोजी ब्रान्ड अनरको आधिकारिक वितरक सेलट्रोन नेपाल प्रा. लि.का अनुसार आगामी हप्ता लन्च गर्ने तयारी रहे पनि लन्च गर्ने […]

अमेरिकी अर्थतन्त्रमा मडारियो खतरा, ७ हप्तामा मन्दी आउने ठोकुवा !

काठमाडौं । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका आर्थिक मन्दीको संघारमै छ । अर्थशास्त्री र विश्लेषकहरूले अर्थतन्त्र मन्दीमा जाने फेरि चेतावनी दिन थालेका छन् । यो वर्षको दोस्रो अर्धवार्षिक अवधि अर्थात् अबको ७ हप्तामा मन्दी आउने बताइएको छ ।  अमेरिकी बहुराष्ट्रिय लगानी बैंक जेपी मोर्गन चेजका प्रमुख कार्यकारी अधिकारी (सीईओ) जेमी डिमनले बिहीवार नै क्षितिजमा ठूलो आर्थिक खतरा मडारिरहेको देखिएको बताए । उनले मध्यम खालको मन्दी आउने ठोकुवा गरे । अर्बपति लगानीकर्ता स्ट्यान ड्रकेनमिलरले पनि यो हप्ता एउटा लगानी सम्मेलनमा अर्थतन्त्रको खतरा नदेख्नु केटाकेटीपन हुने बताए । अमेरिकी अर्थतन्त्र मन्दीमा जाने चेतावनी भर्खरै सुन्न थालिएको भने होइन, एक वर्षभन्दा अघिदेखि सीईओ, अर्थशास्त्री, विश्लेषकहरूले अर्थतन्त्र मन्दीमा जाने अवस्था टारेर नटर्ने भन्ने चेतावनी दिइरहेका छन् ।  राम्रो पक्ष के रह्यो भने अहिलेसम्म विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र धेरै हदसम्म उत्थानशील रह्यो । गएको वर्ष अवस्था राम्रो हुँदै भएन । मुद्रास्फीति ४० वर्षकै उत्कर्षमा उक्लियो, ग्यासको भाउ अकासियो, उपभोक्ता मनोबल खस्कियो अनि शेयर बजार २० प्रतिशतले घट्यो । यति हुँदा पनि अमेरिकी अर्थतन्त्र मन्दीमा जाने अवस्था टार्न सफल भयो ।  त्यति धेरै चिज भएर त मन्दी आएन । अब अहिले के छ त फरक ? के कुरामा हामीले विचार गर्नु पर्ने हो ? वेल्स फार्गोमा लगानी रणनीति प्रमुख पल क्रिष्टोफरको कुरा मान्ने हो भने यसका दुई कारणहरू छन्ः उच्च ब्याजदर अनि कसिलो कर्जा बजार । अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ले आक्रामक रूपमा ब्याजदर बढायो ।  ब्याजदर वृद्धिको तीव्रता र दर पनि विगतका कुनै दशकमा बैंकले बढाएको भन्दा छिटो थियो । अहिले अमेरिकाको क्षेत्रीय स्तरका बैंकमा चलिरहेको संकट पनि यसको चेतावनी संकेत भएको भन्नेहरू पनि छन् । मार्चमा फेडको आफ्नै विज्ञहरूले पनि हालै बैंकिङ क्षेत्रमा देखिएको घटनाक्रमहरूको सम्भावित आर्थिक असरले यो वर्षको उत्तरार्द्धमा ठिकै खालको आर्थिक मन्दी निम्त्याउने प्रक्षेपण गरेका थिए ।  फेडको आक्रामक ब्याजदर वृद्धिको प्रभाव खप्न नसकेर अमेरिकामा मझौला आकारका तीनओटा बैंकहरू असफल भए । अहिले त झन् ऋण पाउनै कठिन छ । यस्तै अवस्था आगामी दिनमा पनि देखिनेछ । यसले खर्च झनै घटाइदिने छ भने आर्थिक गतिविधिमाथि दबाब सृजना गर्नेछ ।  फेडले सोमवार सार्वजनिक गरेको सर्वेक्षणको नतिजा अनुसार बैंकिङ संकटपछि कर्जादाताहरूले कर्जाको मापदन्ड कठोर बनाएका छन् । अहिले कर्जाको माग अनि आपूर्तिको अवस्था सन् २००८ को विश्वव्यापी वित्तीय संकटको स्थिति नजिक पुगेको बताइएको छ ।  महँगी जति नै घटेपछि ५ प्रतिशत माथि नै रहनेछ । यो भनेको फेडको लक्षित स्तरभन्दा धेरै हो । महँगीलाई २ प्रतिशतमा राख्ने फेडको लक्ष्य छ । फेडले तत्कालै ब्याजदर पनि घटाउँदैन । त्यसो भए पनि कर्जाको अवस्था निरन्तर कसिलो नै हुनेछ । अनि आसन्न आर्थिक मन्दी पनि सबैले अनुमान गरेको भन्दा गहिरो अनि लामो हुने अपोलो ग्लोबल म्यानेजमेन्टका प्रमुख अर्थशास्त्री तोस्र्टेन स्लोक बताउँछन् ।  अब के होला ?  अमेरिकामा महँगी ९ प्रतिशत माथि उक्लिएको एक वर्ष पुग्नै लाग्यो । सन् २०२२ को जुनमा मुद्रास्फीति ९ दशमलव १ प्रतिशतमा थियो । इतिहासलाई पल्टाएर हेर्ने हो भने पनि महँगी उत्कर्षमा हुँदा मन्दी निम्तने गरेको छ । अहिले पनि यो खतरा टलेको छैन । अहिले अमेरिकाको समस्या कर्जा सीमा पनि हो ।  अमेरिकामा कर्जा सीमाबारे सहमति भएन भने अमेरिका डिफल्टमा जानेछ । अर्थतन्त्रमा झनै क्षति पुग्नेछ । व्यापक बेरोजगारी निम्तने छ । ब्याजदर बढ्नेछ, शेयर बजारमा व्यापक अस्थीरता आउनेछ । अनि विश्व अर्थतन्त्रमा नै यसको असर पोखिने खतरा पनि छ । अमेरिकाको कर्जाशाख घट्नेछ । सन् २०११ को कर्जा सीमा संकटमा पनि यस्तै भएको थियो । एजेन्सीहरूको सहयोगमा

७ दिनपछि बजारमा आउँदै रोयल इनफिल्डको सर्वाधिक सस्तो मोडल ‘हन्टर’

काठमाडौं । आइकोनिक ब्राण्ड रोयल इनफिल्डले लामो दुरीमा चलाउन मिल्ने नयाँ मोडल ‘हन्टर’ अगस्ट ७ तारिखमा लन्च गर्ने भएको छ । कम्पनीले एक भिडियो टिजर सार्वजनिक गर्दै नयाँ मोटरसाइकल अर्को हप्ता बजारमा आउने जानकारी दिएको हो । रोयल इनफिल्डले आफ्नो नयाँ मोडल हन्टर पनि ३५० सीसी क्षमताको इन्जिनमा नै ल्याउने छ । कम्पनीले क्लासिक ३५० […]

कालो ढुसीको औषधि पाउनै मुस्किल

कोरोनाका बिरामीलाई संक्रमण गर्ने कालो ढुसी (म्युकोरमाइकोसिस) का लागि प्रयोग हुने औषधि बजारमा पाइनै छाडेको छ । कालो ढुसी संक्रमणविरुद्ध प्रयोग हुने ‘इन्जेक्टेवल’ औषधि ‘लाइपोजोमल एम्पोटेरिसिन–बी’ अभाव हुँदा बिरामीलाई सकस हुने गरेको छ । यो औषधि भारतबाट आउने गथ्र्यो तर अहिले भारतले आयातमा प्रतिबन्ध लगाएपछि समस्या उब्जिएको हो । स्वास्थ्य सेवा विभागले गत भदौ पहिलो हप्ता औषधि खरिदका लागि टेन्डर आह्वान गरेको थियो । आवेदन दिएको झण्डै २ महिना बितिसक्दा पनि अहिलेसम्म औषधि आयात हुन सकेको छै...

सुनमा भन्दा शेयरमा आकर्षण बढ्दो, आज सुनको भाउ सामान्य घट्यो

काठमाण्डाै - हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ सामान्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९२ हजार रुपैयाँ तोकिएको छ। पछिल्लो समय सुनको भाउमा सामान्य उतारचढाव आइरहेको छ । यो हप्ता पनि भाउ यस्तै रहने अनुमान छ । विश्व बजारमा सुनमा भन्दा शेयरमा आकर्षण बढेकाले तत्कालै सुनको भाउमा धेरै उतारचढाव आउने सम्भावना नरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । यस्तै, आज चाँदीको भाउ पनि सामान्य घटेको छ । चाँद...

रवीन्द्र मिश्रको पुस्तक ‘राजनीतिसँगै राजकाज’ फागुन अन्तिम हप्ता बजारमा आउने

काठमाण्डौ - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको चौथो पुस्तक ‘राजनीतिसँगै राजकाज’  यही फागुनको अन्तिम हप्तादेखि बजारमा आउने भएको छ ।   ‘कल्याणकारी लोकतन्त्रको प्रस्तावना’लाई मूल निबन्ध बनाएर त्यसैको सेरोफेरोमा शिक्षा, स्वास्थ्य, परराष्ट्र, अर्थतन्त्र, सुशासन, नेतृत्व, राजनीति, राज...

अब पहिराले पानी रोक्दैन !

बागलुङ बजारमा १६ किलोमिटर टाढाको मुहानबाट पानी आउँछ । काठेखोला गाउँपालिकाको रेशखोला र भुँदीखोला मुहानबाट आउने पानीले स्थानीयवासीको प्यास मेटाएको छ ।   हिउँदमा बिहान बेलुका पालो बाँडेर आउने पानी वर्षात्को समयमा आउने नआउने टुङ्गो हुँदैन । लामो दूरीको पाइप कहिले बाढीले बगाउने त कहिले पहिरोको समस्या । एक ठाउँमा पाइप फुटेपछि हप्ता दिन नआउने खानेपानीले बजारवासी त सधैँ समस्यामा रहदैँ आएको छ । यहाँ रहेको साविक धौलागिरि अञ्चलकै ठूलो अस्पताल, धौलागिरि अस्पतालले लामो समयसम्म पानीको हाहाकार बेहोर्दै आएको छ । ...