कालो ढुसीको औषधि पाउनै मुस्किल

कोरोनाका बिरामीलाई संक्रमण गर्ने कालो ढुसी (म्युकोरमाइकोसिस) का लागि प्रयोग हुने औषधि बजारमा पाइनै छाडेको छ । कालो ढुसी संक्रमणविरुद्ध प्रयोग हुने ‘इन्जेक्टेवल’ औषधि ‘लाइपोजोमल एम्पोटेरिसिन–बी’ अभाव हुँदा बिरामीलाई सकस हुने गरेको छ । यो औषधि भारतबाट आउने गथ्र्यो तर अहिले भारतले आयातमा प्रतिबन्ध लगाएपछि समस्या उब्जिएको हो । स्वास्थ्य सेवा विभागले गत भदौ पहिलो हप्ता औषधि खरिदका लागि टेन्डर आह्वान गरेको थियो । आवेदन दिएको झण्डै २ महिना बितिसक्दा पनि अहिलेसम्म औषधि आयात हुन सकेको छै...