काठमाडौं : नेपाली कांग्रेसको क्रियाशिल सदस्यमा देखिएको समस्या समाधान गर्न क्रियाशिल सदस्यता छानविन समितिको बैठक आज बस्दैछ। नेता रमेश लेखकको संयोजकत्वमा रहेको समितिले मंगलबार बुझाएको क्रियाशिल सदस्यको विवरणमा प्राविधिक समस्या मिलाउन बाँकी रहेपछि आज फेरि छलफल गर्न लागिएको हो। हिजो पार्टी पदाधिकारी तथा पू0र्वपदाधिकारी बैठकले सदस्यता विवाद समाधान गर्नका लागि २४ घण्टाको समय दिएको छ। समितिले पाएको आज दिउँसोसम्मको समय सीमाभित्र समस्या समाधान गरेर नेतृत्वलाई बुझाउनुपर्नेछ। समितिले प्रतिवे