काठमाडौं : बाढी पूर्वानुमान महाशाखाले दोलखा र सिन्धुपाल्चोक तथा आसपास भएर बहने केही स–साना नदी तथा खोलामा आइतबार उल्लेख्य बहाव बढ्ने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ।महाशाखाले संखुवासभा, रामेछाप, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, रोल्पा, दार्चुलाका साथै आसपास भएर बहने नदी तथा खोलामा पनि बहाव बढ्न सक्ने अनुमान गरेको छ ।यस्तै कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला बागमती,