आगामी पौषमा दोलखा महोत्सव हुँदै, स्टल बुकिङ खुल्ला

दोलखा–  दोलखा जिल्लामा आगामी पौषमा दोलखा महोत्सव हुने भएको छ । दोलखा उद्योग वाणिज्य संघले पौष १३ देखि २२ गतेसम्म १० दिने बृहत् दोलखा महोत्सव गर्न लागेको हो । दोलखा जिल्लाको व्यापार व्यवसायलाई चलायमान बनाई जिल्लाका स्थानीय कृषि तथा औद्योगिक वस्तु तथा सेवाहरूको प्रचारप्रसार र बजारीकरण गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको संघले जनाएको छ […]