काठमाण्डाै – नेपालमा निजी क्षेत्रले निर्माण गरेको सबैभन्दा ठूलो जलविद्युत् आयोजनाको निर्माण पूरा भएको छ । सोलुखुम्बुमा निर्माण भएको ८६ मेगावाट सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएर परीक्षण उत्पादनको तयारी सुरु भएको छ । आज साेमवार सुरुङमा पानी भरिएको र भोलि मङ्गलवारसम्म परीक्षण उत्पादन हुने आयोजनाको मातृ कम्पनी साहस ऊर्जा लिमिटेडले जनाएको छ । साहस ऊर्जा लिमिटेडका अध्यक्ष हिम पाठकले विभिन्न चरणको परीक्षण गर्नुपर्ने भएकाले डेढ महिनाभित्रमा व्यावसायिक उत्पादन गर्ने तालिका बनाइएको जानकारी दिनुभयो ।यो ...