भारतीय नौसेनामा सामेल २ खर्ब भारुको नयाँ युद्धपोत ‘विक्रान्त’ मा के छ विशेषता ?

शुक्रबार भारतले आफ्नो सबैभन्दा ठूलो र देशभित्रै बनेको युद्धपोत विक्रान्तलाई आफ्नो नौसेनामा सहभागी गरायो । त्यस अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित थिए ।  युद्धपोतलाई दिइएको नाम विक्रान्तको अर्थ संस्कृतमा ‘बहादुर’ भन्ने हुन्छ । यसलाई निर्माण सम्पन्न गर्न १३ वर्ष लाग्यो ।  युद्धपोतभित्र २३०० कम्पार्टमेन्टहरू छन् । २६२ मिटर लम्बाई र ६० मिटर उचाईको यो समून्द्री वाहनलाई समुन्द्रको ठूला छालले पनि कुनै असर गर्दैन ।  एयर कन्डिसनरहरूले भित्र बस्ने मानिसहरुलाई बाहि