कतारस्थित निर्माणाधीन २०२२ को विश्वकप फुटबलका लागि लुसाइल स्टेडियम निर्माणाधीन अन्य स्टेडियममध्ये यो सबैभन्दा ठूलो हुनेछ। जसमा ८० हजार दर्शक अट्नेछन्। अहिले धमाधम निर्माण भइरहेको छ। दोहा सहरबाट करिब २० किलोमिटर टाढा यो स्टेडियम रहेको छ।आयोजकका अनुसार सन् २०२१ को अन्त्यसम्म यसको निर्माण सम्पन्न हुनेछ। छाना लगाउने र लिफ्टको काम सम्पन्न भइसकेको छ। आठ वटा खेल मैदानमा विश्वकप प्रतियोगिता हुनेछन्। आयोजक समितिले स्टेडियममा स्कुल, आवास, पसल, खाद्यान्न आउटलेटहरू र स्वास्थ्य क्लिनिकहरू विश्वकप स