काम सुरु भएको ११ वर्षपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ । स्वदेशी लगानीकाे देशकै सबैभन्दा ठूलो चार सय ५६ मेगावाट क्षमताको आयोजनाको उद्घाटनले धेरैलाई उत्साहित बताएको छ । पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ २०६८ सालमा उद्घाटन भएको आयोजना ११ वर्षपछि सम्पन्न भएको हो । आयोजनाको सुरुवाती लागत ३५ अर्ब तोकिए पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाव, ब्याजलगायतका कारणले भने बढेर झन्डै ८० अर्ब रुपैयाँको हाराहारी पुगेको छ ।माथिल्लो तामाकोसी मात्रै होइन देशका धेरै ठूला आयो...