हुस्सुका कारण तीन घण्टादेखि आकाशमा फन्को मार्दा पनि अवतरण गर्न नसकेका कारण अन्तर्राष्ट्रिय उडानका जहाज डाइभर्ट हुन थालेका छन् ।
विमानस्थल कार्यालयका अनुसार बिहान ७ बजे कुवेतबाट आएको जजिरा एयरलाइन्स १० बजेसम्म पनि अवतरण गर्न नपाएपछि ढाका डाइभर्ट गरेको छ ।
यो वायुसेवाले आकाशमा फन्को मारेर अवतरण गर्न अनुकूल समय खोज्दाखोज्दै नपाएपछि १० बजेपछि बंगलादेशको ढाका डाइभर्ट भएको छ ।
विमानस्थल कार्यालयका अनुसार हालसम्म पाँच वटा अन्तर्राष्ट्रिय उडानका जहाज डाइभर्ट भइसकेका छन् । विमानस्थल कार्यालयका ड्यु...