बुद्ध एयरका पाइलट शेर्पालाई विमान चलाउन रोक

काठमाडौं : बुद्ध एयरका पाइलट आङगेलु शेर्पालाई विमान चलाउन रोक लगाइएको छ। ७३ जना यात्रु चढेको विमान २ घण्टा आकाशमा फन्को मारेर अवतरण गराएका शेर्पामाथि अनुसन्धान भइरहेकाले विमान चलाउन रोक लगाइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। विमान दुर्घटना हुनबाट जोगिए पनि के कारणले विमानको पाङ्ग्रा नखुलेको र पाइलटको भूमिकाबारे अनुसन्धान भइरहेको छ।छानबिन अवधिभर  विमान चलाउन रोक लगाइएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।नेपालको हवाई क्षेत्रमा विमान र हेलिकप्टरम

सम्बन्धित सामग्री

बुद्ध एयर प्रकरणः जहाज आकाशमा, पाइलट ग्राउण्डेड

काठमाडौं । प्राविधिक समस्या देखिएको जहाजलाई सुरक्षित अवतरण गराएको भनेर सामाजिक सञ्जालमा प्रशंसा कमाइरहेका बुद्ध एयरका पाइलटलाई कम्पनीले ‘ग्राउन्डेड’ गरेको छ । क्याप्टेन आङ्गेलु शेर्पालाई छानविन प्रतिवेदन नआउँदासम्मका लागि विमान चलाउन रोक लगाइएको हो । नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार पाइलटलाई ग्राउन्डेड गरिएको कम्पनीले जनाएको छ । कम्पनीका प्रवक्ता दीपेन्द्र कर्णले उक्त घटनाका सम्बन्धमा क्यान र […]