विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेपछि काठमाडौं फर्किएको बुद्ध एयरको विमान त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण भएको छ ।
सोमवार बिहान विराटनगरका लागि उडेको विमान अवतरण गर्ने क्रममा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्किएको थियो ।
काठमाडौंको आकासमा ६ / ७ पटक फन्को मारेपछि विमान ल्याण्ड गरेको बुद्ध एयरका निर्देशक रुपेश जोशीले लोकान्तरलाई जानकारी दिए । विमानमा चालक दलका सदस्य सहित ७३ जना रहेको उनले बताए ।
सोमवार बिहान साढे १० बजे विमान सुरक्षित अवतरण भएको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रहरी प्र...