विमानमा इन्धन भर्न ढिलाइ हुँदा परराष्ट्रमन्त्री नारायण खड्का झन्डै एक घण्टा विराटनगर विमानस्थलमै अलमलिएका छन् । यति एयरलायन्सको एनवाईटी ७८४ नम्बरको विमान विराटनगरबाट काठमाडौं उड्न ढिलाइ भएको हो ।
विमानस्थल डिपोका कर्मचारीको लापरवाहीले विमानको उडान ढिलो भएको हो ।
विराटनगरबाट काठमाडौंका लागि विमान उड्न ४५ मिनेट ढिलो भएको यति एयरलायन्सका प्रतिनिधि प्रेम कुँवरले बताए । इन्धन भर्न ढिलाइ भएकाले उडानमा ढिलाइ भएको उनले बताए ।
नेपाल आयल निगमको विमानस्थल डिपोका कर्मचारीको लापरवाहीले यस्...