कात्तिक २६, काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको १०औं वार्षिक साधारण सभा आइतवार (कात्तिक २८ गते) हुँदैछ ।
सभा बिहान ११ बजे बोगनभिल्ला इभेन्ट्स त्रिपुरेश्वरमा काठमाडौंमा हुने जानकारी गराएको हो । सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०७८/७९ को लागि लेखापरीक्षणको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनीदर्ता पुस्तिका कात्तिक १४ गते बन्द भइसकेको छ । यस आधारमा कात्तिक ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।