सिभिल लघुवित्त Civil Laghubitta Bittiya Sanstha ले लाभांश घोषणा गरेको छ ।कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको १९ प्रतिशतले हुन आउने ४ करोड ६० लाख ३ हजार ६२ रुपैयाँ १० पैसा बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशतले हुन आउने २४ लाख २१ हजार २ सय १३ रुपैयाँ ८० पैसा बराबरको नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी २४ करोड २१ लाख २१ हजार रहेको छ ।