रेल सञ्चालनमा ढिलाइ

विनातयारी भारतसँग किनिएको रेल सञ्चालनको भाखा पटकपटक सारिरहेको नेपाल रेलवे कम्पनीले वैशाखभित्र यो सञ्चालनमा ल्याउने दाबी गरेको छ । रेल सञ्चालनका लागि जनशक्तिको अभाव हुनु स्वाभाविक भए पनि विनातयारी रेल किनेर पालले छोपेर राख्नु विडम्बनापूर्ण काम हो । भारतीय सहयोगमा निर्माण भएको कुर्थादेखि जयनगरसम्म ३५ किलोमिटर रेल सञ्चालनका लागि सरकारले ८५ करोड रुपैयाँमा भारतबाट हतार हतार रेल किनेर ल्यायो । तर, रेल सञ्चालनका लागि न आवश्यक कानून बनायो न त अन्य तयारी नै गर्‍यो । रेल चलाउन सक्ने जनशक्ति नभएको अवस्थामा रेल किनिएसँगै यसबारे पनि सोचिनुपर्थ्यो । भारतीय प्रावधिक ल्याएर सञ्चालन गर्ने कुरा कम्पनीले बताउँदै आएको छ । त्यस्तो तयारी हो भने रेल किनिएसँगै यसबारे पनि सम्झौता गर्न सकिन्थ्यो । यसले सरकारले कहिल्यै पनि दूरगामी सोचेर राखेर काम गर्दैन, प्रचारबाजीमात्रै रोज्छ भन्ने मान्यतालाई पुष्टि गरेको छ । टिकट विक्रीबाट सञ्चालन खर्च जुटाउनसमेत नसकिने अवस्थामा अनुदानमा बनाइएको रेलवेको औचित्यसमेत पुष्टि गर्न गाह्रो देखिन्छ । कुरा रेल सञ्चालनको मात्रै होइन । नेपाल वायुसेवा निगमले अन्तरराष्ट्रिय उडानका लागि विमान अभाव भएकाले सरकारको जमानीमा ऋणमा वाइडबडी विमान किन्योे । वाइडबाडी आएपछि यति व्यवसाय हुन्छ नाफा हुन्छ भनी सरकारलाई आश्वस्त पनि पार्‍यो । तर, उडान गन्तव्य भने खोज्दै खोजेन । अहिले निगमले यो किन्नका लिएको ऋणको साँबा ब्याज बुझाउन सकेको छैन र सरकारबाट अनुदानको अपेक्षा गरेर बसेको छ । पोखरा विमानस्थलको निर्माण कार्य धेरै नै अगाडि बढेको छ तर विमानस्थल सञ्चालनका बारेमा तयारी केही पनि देखिएको छैन । भैरहवा विमानस्थल पनि अन्तिम चरणमा पुगिसकेको छ तर त्यसको सञ्चालन मोडालिटी अझै तय भएको छैन । स्थानीय नेताको दबाबमा बनेको विभिन्न विभिन्न विमानस्थल सञ्चालन नै हुन सकेका छैनन् । दबाबमा केही ठाउँमा उडान भए तिनले व्यवसाय राम्ररी पाउन सकेको देखिँदैन । निगमका लागि चीनबाट ल्याइएका विमान अहिले घाँडो साबित भएको छ जसको व्यवस्थापन कसरी गर्ने भन्नेमा निगम र सरकारको टाउको दुखाइ भएको छ । अझ वर्तमान सरकार त हचुवाका भरमा विभिन्न आयोजनाहरूको उद्घाटन र शिलान्यास गरिरहेको छ । काम केही अगाडि नबढे पनि देशभर स्वास्थ्यचौकी भवन उद्घाटन भयो, रणनीतिक महत्त्वको भनी सडक सञ्जालको उद्घाटन गरियो । बहुप्रतीक्षित मेलम्चीकै उद्घाटनका लागि हतार गरियो तर वितरण प्रणाली नै बनिसकेको छैन । कुनै पनि आयोजना बनाउँदा त्यसबाट सम्भावित प्रतिफल हेरी लगानी उपयुक्त हुने नहुने हेर्ने गरिन्छ । तर नेपालमा वस्तुनिष्ठ र तथ्यमा आधारित भएर यस्तो विश्लेषण भएको निकै कम पाइन्छ । भेरी बबई सिँचाइ आयोजना छिटो सम्पन्न गर्ने भने सुरुङ खन्न टीबीएम ल्याइयो, सुरुङ पनि खनियो तर अन्य काम सुस्त हुँदा त्यो प्रयोजनविहीन बनेको छ । हतारमा टीबीएम ल्याएर सुरुङ खन्नुको औचित्य केही पनि देखिएको छैन । भारतले कुर्थादेखि जनकपुर हुँदै बर्दिवासम्म बनाइदिने गरी सम्झौता भएको रेलवे ट्र्याकबेड पूरै बनिसकेकै छैन । पहिलो चरणमा जयनगरसम्म रेल सञ्चालन गर्ने भनी हतारमा रेल किनियो । रेल ल्याएको ७ महीना नाघिसकेपछि कम्पनीले रेल सञ्चालनका लागि भारतीय कोनकोन रेलवेसँग सम्झौता गरेको छ । हामीसँग जनशक्ति अभाव भएको अवस्थामा यसो गर्नु अन्यथा होइन । तर, यस्तो सम्झौता रेल ल्याउँदा नै गरेको भए अहिलेसम्म थोरै भए पनि कम्पनीले आमदानी गर्न सक्थ्यो । रेल सञ्चालनका लागि रू. ३५ करोडमा सम्झौता भएको भनिएको छ । तर, यसबाट रू. १० करोड पनि आम्दानी नहुने अनुमान कम्पनीको छ । टिकट विक्रीबाट सञ्चालन खर्च जुटाउनसमेत नसकिने अवस्थामा अनुदानमा बनाइएको रेलवेको औचित्यसमेत पुष्टि गर्न गाह्रो देखिन्छ । हो, यसले ढुवानीको लागत र समयको बचत हुन्छ । त्यसो हुँदा प्रकारान्तरले अर्थतन्त्रलाई फाइदा पुग्छ । केही समयका लागि सञ्चालनको जिम्मा अरूलाई दिएर आफ्नो जनशक्ति तयार गर्दै जानुपर्छ । यसमा पनि चुकियो भनेचाहिँ रेल सञ्चालन मुलुकका लागि थप बोझ बन्न पनि सक्छ ।

सम्बन्धित सामग्री

कानुन अभावले रेल सञ्चालनमा ढिलाइ

काठमाडौं, चैत ११ । झन्डै डेढ वर्षअघि भारतबाट करिब १ अर्ब रुपैयाँ खर्च गरेर ल्याइएको रेल सञ्चालनमा फेरि ढिलाइ हुन पुगेको छ । रेल सञ्चालनका लागि १ फागुनदेखि नै ड्राई रन सुरु गरिए पनि उद्घाटन नहुँदा औपचारिक सञ्चालन हुन सकेको छैन । सरकारले उद्घाटन गरेर रेल सञ्चालनको तयारी गर्दै गर्दा अध्यादेश नै निष्क्रिय बनेपछि कानुन […]

कानुन अभावले रेल सञ्चालनमा ढिलाइ

काठमाडौं । झन्डै डेढ वर्षअघि भारतबाट करिब १ अर्ब रुपैयाँ खर्च गरेर ल्याइएको रेल सञ्चालनमा फेरि ढिलाइ हुन पुगेको छ । रेल सञ्चालनका लागि १ फागुनदेखि नै ड्राई रन सुरु गरिए पनि उद्घाटन नहुँदा औपचारिक सञ्चालन हुन सकेको छैन । सरकारले उद्घाटन गरेर रेल सञ्चालनको तयारी गर्दै गर्दा अध्यादेश नै निष्क्रिय बनेपछि कानुन अभाव सिर्जना […] The post कानुन अभावले रेल सञ्चालनमा ढिलाइ appeared first on राजधानी राष्ट्रिय दैनिक.

विकास निर्माणका बेथिति

नेपालले लिएका विकास निर्माणका नीति तथा कार्यक्रमहरू कार्यान्वयनमा ढिला भएका मात्र होइनन्, निर्माण सम्पन्न भएका पूर्वाधारहरूसमेत सञ्चालनमा ल्याउन सकिएको छैन । अर्बौं लगानीमा विलम्ब गरी आयोजना बन्ने तर तिनको सञ्चालनमा समेत सरकारी उदासीनताले सरकारको बेथितिलाई उजागर गरेको मात्र छैन, यसले विकास साझेदार मुलुकहरूमा नेपाल कामै गर्न नसक्ने रूपमा चिनिन थालिसकेको छ । यस्तो अवस्था आउँदा पनि सरकार संवेदनशील बन्न नसक्नु अचम्म र रहस्यको विषय बनेको छ । विकास निर्माणका लागि लिएको ऋण, जनतासँग उठाइएको करको दुरुपयोगको नमूना बनेको छ, नेपालको विकासको बेथिति । यी सबै बेथितिको मूल जरोमा प्रहार गर्न सक्ने राजनीतिक नेतृत्व नआएसम्म नेपालको विकासले गति लिने अपेक्षा गर्न पनि गाह्रो छ । आयात निर्यात व्यापारलाई सहज पार्न काठमाडौंमा सुक्खा बन्दरगाहको निर्माण निर्माण गरिएको छ । विदेशबाट आयात हुने सामान सीधै काठमाडौं ल्याएर भन्सार जाँचपासलगायत काम गर्न सके लागत कम पर्नुका साथै समय पनि बचत हुने भनेर यसको निर्माण गरिएको हो । त्यस्तै काठमाडौंबाट निर्यात गर्न पनि यही बन्दरगाहबाट सजिलै गर्न यसलाई प्राथमिकतामा राखिएको हो । तर, निर्माण सम्पन्न भए पनि कार्यविधि नबनेको, ऐनमा सुधार नआएको जस्ता सामान्य कारण देखाएर सञ्चालनमा ढिलाइ गरिँदै छ । मन्त्रालयहरूबीच आपसी समन्वय नहुँदा सामान्य समस्या समाधान गर्न पनि महीनाैं र वर्षौं लाग्ने बेथितिले निरन्तरता पाउँदै आएको छ । विकासका लम्बेतान भाषण गर्ने राजनीतिक नेतृत्वले यति सानो समस्यालाई पनि समाधानमा चासो नदिनु विडम्बनाको विषय हो । त्यस्तै वीरगञ्ज सुक्खा बन्दरगाह विस्तारको कामले त गति लिन सकेको छैन । जग्गाअधिग्रहणकै काममा ढिलाइ भइरहेको छ । निर्यातलाई सहज बनाउने गरी यहाँको बन्दरगाहको उपयोग गर्ने गरी काम हुन सकेको छैन । यहाँ पनि एउटा निकायले अर्को निकायलाई दोषारोपण गरेर आफू पानी माथिको ओभानो बन्न खोजिरहेको देखिन्छ । भैरहवा अन्तरराष्ट्रिय विमानस्थलको निर्माण अन्तिम चरणमा पुगेर पनि सञ्चालनको मोडालिटी तयार भएको छैन । कोरोनाको बहाना बनाएर परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) कामसमेत गरिएको छैन । पोखरा विमानस्थल पनि निर्माण सम्पन्न हुने चरणमा छ । तर, सञ्चालन विधिबारे कुनै पनि तयारी र चासो देखिएको छैन । पूर्वाधार निर्माणकै अर्बो बेथितिको नमूना बनेको छ भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना । टीबीएम मेशिन प्रयोग गरेर सुरूङ खन्ने काम चाँडै सकियो । तर, अन्य काममा ढिलाइ हुँदा सुरुङ उपयोगविहीन भएको छ । रेल सञ्चालनका लागि सबै पूर्वाधार निर्माण सम्पन्न भइ रेल नै खरिद गरेर ल्याइए पनि जनकपुर–जयनगर रेल सञ्चालन हुन सकेको छैन । आवश्यक कानुन र कर्मचारीको व्यवस्थापन गर्न नसक्दा रेलमा खिया लाग्न थालिसकेको छ भने रेल आपूर्तिकर्ता कम्पनीले म्याद नाघेको भनेर सम्झौताका शर्तहरू पूरा नगर्ने चेतावनी दिइसकेको छ । आवश्यक तयारी नगरी किन हतारमा रेल किनियो त्यसको जवाफ कसैसँग छैन । रेल सञ्चालनका लागि संसदमा प्रस्तुत गरिएको विधेयक रेल किनेर ल्याउने तत्कालीन सत्तारूढ दल नेकपा एमालेकै अवरोधका कारण विधेयक पारित हुन सकेको छैन । विना व्यापारयोजना नेपाल वायु सेवा निगमले सरकारी जमानीमा बसेर ठूला जहाज किन्यो तर उडान गन्तव्यको अभावमा घाम तापेर बसिरहेको छ । अहिले फेरि नयाँ विमान किन्ने कुरा चर्चामा ल्याइएको छ । यी केही प्रतिनिधि उदाहरण हुन्, नेपालका विकास कार्यक्रमका बेथितिका । यतिका धेरै समस्या भएर मुलुक संकटाभिमुख भइरहँदा पनि सत्तारूढ र प्रतिपक्ष दलले कुनै गम्भीरता देखाएका छैनन् । नैतिक जिम्मेवारी लिन आवश्यक देखेका छैनन् । लोकतान्त्रिक सरकारको नेतृत्व लिनु भनेको जिम्मेवार बन्नु हो, उत्तरदायी बन्नु हो भन्ने कुरा राजनीतिक दलमा कत्तिको पनि बोध देखिएको छैन । यही कारण सुशासन नारामा सीमित भएको छ भने मुलुक भ्रष्टाचारमा दलदलमा फस्दै गएको छ । विकास निर्माणका लागि लिएको ऋण, जनतासँग उठाइएको करको दुरूपयोगको नमुना बनेको छ नेपालको विकासको बेथिति । त्यही कारण नै पुँजीगत खर्चका लागि आर्थिक वर्षको अन्त्य नै आउनुपर्ने हतार हतार बजेट सक्ने गलत अभ्यासलाई निरन्तरता पाएको मात्र होइन मलजल नै पाएको अनुभव हुन्छ । यी सबै बेथितिको मूल जरोमा प्रहार गर्न सक्ने राजनीतिक नेतृत्व नआएसम्म नेपालको विकासले गति लिने अपेक्षा गर्न सकिने ठाउँ निकै कम रहेको देखिन्छ ।

चालु वर्षभित्रै रेल सञ्चालन हुन्छ : मन्त्री यादव

जनकपुरधाम । भौतिक पूर्वाधार तथा यतायातमन्त्री रेणु यादवले चालु वर्षभित्रै रेल सञ्चालनमा आउने दाबी गरेकी छन् । मंगलबार जनकपुरधाम रेलवे स्टेसनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री यादवले चालु वर्षभित्रै रेल सञ्चालनमा आउने बताएकी हुन् । कानुन, बजेट र प्राविधिक त्रुटिको अभावमा रेल सञ्चालनमा ढिलाइ भएको उनको भनाइ छ । अर्को महिनासम्म कानुन...

नचल्ने रेल किन्नु र कर्मचारीलाई तलब खुवाउनु भ्रष्टाचार होइन ?

तत्कालीन ओली सरकारको नारा नै रेल र पानी जहाज थियो । ओलीले यही भाषण गरेर निर्वाचनमा बहुमत ल्याएका थिए । त्यसैले राजनीतिक नारा पूरा गर्ने नाममा यी दुई कुराका लागि राज्यले व्यर्थको खर्चको भारी बोक्नु परेको छ । कुर्था–जनकपुरधाम–जयनगरसम्म रेल गुडाउनका लागि दुई सेट रेलको बोगी तथा ४ सेट इन्जिन जनकपुरधाम ल्याइएको थियो । गतवर्ष असोज २ गते भारतको जयनगर आइपुगेको नेपाली रेल दिउँसो करिब २ बजे जनकपुरधामस्थित प्लेटफर्ममा पुगेको थियो । एक अर्बको लागतमा किनिएको दुवै सेट रेलको ट्रायल गरिएको १ वर्षपछि पनि सञ्चालनमा आउने भने कुनै छाँटकाँट देखिँदैन । रेल सेट जनकपुरधाम ल्याइँदा उत्साहित हजारौंको भीड रेलवे स्टेशनमा जम्मा भएको थियो । रेलमा १३०० सीट क्षमता छ । लगभग १ अर्बको लागतमा किनिएको ती रेल सेटहरू ट्रायलपछि धनुषाको इनर्वा स्टेशनमा त्रिपालले ढाकेर राखियो । पालले ढाकेर राखिएको रेलको पाल च्यातिँदै गएको छ । इन्जिनमा खिया लाग्न थालेको छ । यसको सञ्चालनमा ढिलाइ भए चलाउँदै नचलाई मरम्मत गर्नुपर्ने हुन्छ । साथै रेल नगुड्दा ठाउँ ठाउँमा रेलवे लिकका क्लिपहरू समेत चोरी भइरहेका छन् । यसरी हतारमा रेल ल्याउनुको प्रयोजन के हो त ? चलाउन नसक्ने रेल ल्याएर १ अर्ब खेर फाल्नु जनताले तिरको करको दुरुपयोग हो । एक सयभन्दा बढी कर्मचारी पालेर यसका हाकीमले ठूलो तलब खाएर जनताको करको दुरुपयोग भएको छ । यसरी विनायोजना र तयारी रेल किन्नु भ्रष्टाचार नै हो भन्न सकिन्छ । कानुनी तथा प्राविधिक जटिलताका कारण तत्काल रेल सञ्चालन हुने अवस्था छैन । कानून बनाउने काम सरकरको हो र त्यसलाई संसद्ले पारित गर्ने हो । तर, सरकारले अत्यावश्यक कामै नगरी प्रचारबाजीका लागि यसो गरेको देखिन्छ । त्यसो त प्रचारकै लागि निर्माण सम्पन्न नभएको धराहरा र मेलम्चीको समेत उद्घाटन गरेर ओलीले प्रचारको मोह देखाएकै हुन् । भारतीय निर्माण कम्पनीले भौतिक संरचनाहरू नेपाललाई हस्तान्तरण नगरेकाले पनि रेल गुडाउन समस्या भइरहेको बताइन्छ । भाडा निर्धारण, यात्रु बीमा, दुर्घटना लगायतका विषयमा समेत निर्णय भएको छैन । रेल सञ्चालन हुनेबित्तिकै कानूनको आवश्यकता हुन्छ । तर, संसद्बाट यो पास भइरहेको छैन । रेल ल्याउने ओलीको पार्टी प्रतिपक्षमा छ र उसले संसद् चल्न दिइरहेको छैन । यसरी एमालले दोहोरो रूपमा गलत काम गरेको देखिन्छ । रेल सञ्चालनको प्राविधिक सहयोगका लागि नेपाल सरकार अनिच्छुक देखिएको भन्दै भारतको कोंकण रेलवे कम्पनीले केही साता अगाडि मात्रै सम्झौता रद्द गर्नेसम्मको चेतावनी दिएको समाचार पनि आएको छ । सम्झौताअनुसार नेपाल सरकारले रकम भुक्तानी नगरेको भन्दै कोंकणको भनाइ छ । नेपालको रेलको ब्रोडगेज इन्जिन आइरहेको समाचार सुनेलगत्तै सर्वसाधारणमा उत्साह देखिएको थियो । त्यसले रेल भित्रिँदा हजारौंको संख्यामा सर्वसाधारण जम्मा भएका थिए । अब रेल गुड्ने आशा फेरि निराशामा परिणत हुन थालेको स्थानीयको भनाइ छ । जनताले तिरको करबाट किनिएका यति महँगो रेल त्यसै थन्किएको छ तर कसैलाई चासो छैन । त्यसो त नेवानिले वाइडबडी जहाज ल्यायो त्यो पनि नउडेको बसेको छ । चीनबाट ल्याएका ६ ओटा साना जहाज नउडेको वर्षौं भयो । यस्ता अनगिन्ती विकृति छन् । कर्मचारी छन्, कार्यालय छ, तलबभत्ता खान्छन् तर जिम्मेवारीअनुसार काम गर्दैनन् । मुलुकको अर्बौ लगानी खेर फाल्छन् । अर्र्बाैंको आर्थिक लाभको अवसर गुमिरहेको छ । देशको अर्थतन्त्रलाई सुस्त बनाइरहेको छ तर कसैलाई लज्जाबोध पनि छैन । त्यसैले यी सबै काम भ्रष्टाचार हुन् र यस्ता भ्रष्टाचारीलाई कारबाही गर्नैपर्ने छ । जनताले अरूथोक गर्न नसके पनि बहिष्कार त गर्न सक्छन् नि ? अब पनि जनता जाग्ने बेला भएन र ? ओम त्रिपाठी ट्यांग्लाफाँट, कीर्तिपुर ।

मन्त्री नेम्वाङको निर्देशन, जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी तत्काल थाल्नू

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले लकडाउन खोल्नोवित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी थाल्न रेल विभागलाई निर्देशन दिएका छन्। पानीजहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरुसँग छलफलम छलफल गरेर उनले सो निर्देशन दिएका हुन्। “नीतिगत, व्यवहारिक र प्राविधिक सम्पूर्ण कुराहरुको व्यवस्थापन भईसकेको छ। रेल सञ्चालनमा ढिलाइ भयो। अब छिटोभन्दा छिटो सञ्चालनमा आउनुपर्छ’, नेम्वाङले भने।

नेपाल-भारत रेल सञ्चालनमा ढिलाइ हुने 'निश्चितप्रायः'

कामको गति र नेपालले गर्नुपर्ने कर्मचारी व्यवस्थापन लगायतका पक्ष हेर्दा रेल गुड्ने समय अझै केही महिना पछाडि धकेलिने 'निश्चित' देखिएको जानकारहरू बताउँछन्।