ऊर्जा मन्त्रालय मातहतका गौरवका आयोजनामा कमजोर कार्यसम्पादन, अपेक्षित लाभ पाउन अझै कुर्नुपर्ने

काठमाडौं । कृषि उत्पादन वृद्धि गरी खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ शुरु गरिएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका राष्ट्रिय गौरवका आयोजनाको प्रगति अपेक्षित सन्तोषजनक देखिएको छैन । मन्त्रालय मातहतका सात ओटा राष्ट्रिय गौरवका आयोजनाको प्रगति औसत रहेको पाइएको छ । ती आयोजनालाई गति दिन सरकारले अधिकतम प्रयास गरे पनि अधिकांश आयोजनामा वन क्षेत्रको जग्गा प्रयोग, निर्माण सामग्रीको अभाव तथा दक्ष कामदारको अभाव देखिएको छ ।  यस्तै, केही आयोजनामा स्रोतको अभावसमेत देखिएको छ । कूल सात ओटा राष्ट्रिय गौरवका आयोजनामध्ये ६ ओटा आयोजना सिँचाइसँग सम्बन्धित छन् । जलविद्युततर्फको बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन मात्रै भएको छ । सो आयोजनाको निर्माण ढाँचाबारे उच्च सरकारी स्तरमा छलफल भइरहेको भए पनि हालसम्म टुङ्गो लाग्न सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहालले शीघ्र सो आयोजनाको निर्माण ढाँचा टुङ्गो लगाएर शिलान्याश गर्ने बताइसक्नुभएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले पनि त्यसका लागि आवश्यक तयारी गरिरहेको छ । त्यसबाहेक अन्य आयोजनाको अवस्था पनि उस्तै छ । कतिपय आयोजना निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन देखिएको छ भने कतिपयमा स्थानीय अवरोध तथा जटिलता देखिएको छ ।  कूल ४२ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ शुरु गरिएको सिक्टा सिँचाइ आयोजनामा जग्गा अधिग्रहणमा नै समस्या देखिएको छ । नहर अतिक्रमण पनि उत्तिकै बढेको छ । डुडुवा नहरलाई ढलको रूपमा प्रयोग गरिँदा समस्या उत्पन्न भएको छ । राष्ट्रिय निकुञ्जभित्र काम गर्दा निर्माण सामग्रीको ढुवानी र वन्यजन्तुको समस्या छ । घुलनशील माटो र जनशक्ति एवम् स्रोत तथा साधनको अभावका कारण आयोजनाले गति लिन सकेको छैन ।  आर्थिक वर्ष (आव) २०६१÷६२ देखि शुरु भएको सो आयोजनाको हालसम्म भौतिक प्रगति ३९ दशमलव ७६ प्रतिशत मात्रै छ । वित्तीय प्रगति ३८ दशमलव ९६ प्रतिशत बराबर भएको छ । यस्तै कूल ३३ हजार पाँच सय २० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ शुरु भएको महाकाली सिँचाइ आयोजनाको हालसम्म भौतिक प्रगति मात्रै १९ दशमलव २९ प्रतिशत बराबर छ । वित्तीय प्रगति मात्रै १८ दशमलव ८४ प्रतिशत बराबर छ । आव २०७७÷७८ देखि शुरु भएको सो आयोजना आव २०८७÷८८ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सो आयोजनामा नहर रेखाङ्कनमा परेका जग्गा प्राप्तिमा समस्या परेको छ । निकुञ्ज वन क्षेत्र, सामुदायिाक वन क्षेत्र र भोगचलनमा रहेका एलानी जग्गा प्राप्ति गर्न समस्या देखिएको छ । नदीजन्य सामग्रीको अनियन्त्रित रूपमा उत्खनन् गर्दा नहर संरचनामा असर परेको छ । ठेक्का व्यवस्थापन भए अनुरूप बजेट व्यवस्थापन हुन नसक्दा आयोजनाले गति लिन सकेको छैन । कूल ३६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ शुरु भएको बबई सिँचाइ आयोजनाको भौतिक प्रगति ७० प्रतिशत बराबर छ । यस्तै, वित्तीय प्रगति ६६ दशमलव ८७ प्रतिशत पुगेको छ ।  आव २०४५÷४६ देखि शुरु भएको सो परियोजनामा नहर सञ्चालन तथा मर्मत सम्भार गर्ने काममा तादम्यता मिल्न सकेको छैन । जग्गा प्राप्तिमा सामाजिक र प्रक्रियागत कठिनाइ उत्पन्न भएको छ । राष्ट्रिय निकुञ्जभित्र मानव, उपकरण सामग्री ढुवानी र आवागमनमा अवरोधात्मक बन्देज लगाइएको छ । बबई नदीमा पानीको स्रोतको कमी भएको छ भने मुआब्जा दर निर्धारणमा कठिनाइ उत्पन्न भएको छ । कूल ३८ हजार तीन सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ शुरु भएको रानी–जमरा कुलरिया सिँचाइ आयोजनाको हालसम्मको भौतिक प्रगति ६६ दशमलब ९७ प्रतिशत पुगेको छ । आव २०६७÷६८ देखि शुरु भएको सो आयोजना चालु आवमा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि निर्माण सम्पन्न हुने अवस्था छैन । यद्यपि, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले सो आयोजना चालु आवमा नै सम्पन्न गर्न अधिकतम स्रोत तथा साधनको परिचालन गर्ने बताएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले चालु आवमा नै आयोजना सम्पन्न गरी कैलालीमा सिँचाइ सुविधा पु¥याउन सम्बद्ध आयोजना र सिँचाइ विभागलाई निर्देशन दिएका छन् । सो आयोजनामा मूल नहरमा स्थानीय व्यक्तिको ‘राइट अफ वे’मा पर्ने जग्गा अतिक्रमण गरी विभिन्न संरचना निर्माण गरिएकाले त्यसलाई व्यवस्थापन गर्नुपर्ने चुनौती थपिएको छ । यस्तै, आयोजनाबाट उत्पादन हुने चार मेगावाट क्षमताको जलविद्युत्को समेत व्यवस्थापन गर्नुपर्नेछ । विद्युत् उत्पादनबाट प्राप्त हुने राजस्व बाँडफाँट र विद्युत् गृह सञ्चालन, मर्मत सम्भारको कार्यविधि स्वकिृत हुन बाँकी छ । नदी पथान्तरण आयोजनाको रूपमा रहेको भेरी बबई डाइभर्सन आयोजनाले कूल ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । सो आयोजनाबाट ४६ दशमलव आठ मेगावाट बराबर विद्युत् उत्पादन हुनेछ । सो आयोजनाको हालसम्म भौतिक प्रगति ६२ प्रतिशत बराबर छ । सो आयोजनाको सुरुङ निर्माण दुई वर्षपहिले सम्पन्न भए पनि विद्युत् गृह र बाँधस्थल निर्माणले गति लिन सकेको छैन ।  निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण आयोजनाले अपेक्षित गति लिन सकेको छैन । आयोजनाले ठूला यन्त्र, उपकरणको प्रयोगका लागि आयात निर्यातमा प्रक्रियागत जटिलता देखिएको छ । वन तथा निकुञ्जभित्र काम गर्दा निर्माण सामग्रीको ढुवानी एवम् आपूर्तिमा समस्या रहेको छ । स्थानीयवासीको विभिन्न माग सम्बोधन गर्नुपर्ने चुनौती पनि उत्तिकै छ ।  राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सुनकोशी मरिण डाइभर्सनमा भने अपेक्षित प्रगति भइरहेको छ । बाँधस्थलको निर्माण र विद्युत् गृह निर्माणलाई पनि समानान्तर रूपमा अगाडि बढाउनुपर्ने चुनौती थपिएको छ । यद्यपि आयोजनामा न्यून बजेटको विनियोजन भएको छ ।  परामर्शदाता नियुक्तिमा भएको ढिलाइ पनि आयोजनामा केही जटिलता पैदा भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बस्नेतले सिँचाइ विभागका सम्बद्ध अधिकारीलाई राष्ट्रिय गौरवका आयोजनामा कुनै पनि ढिलाइ नगर्न, निर्माण व्यवसायीलाई कार्ययोजनाका साथ परिचालन गर्न निर्देशन दिएका छन् । यसबाट आयोजनामा गति बढ्ने विश्वास लिइएको छ । रासस

सम्बन्धित सामग्री

बिजुली नपुगेका घर खोज्दै गण्डकीको ऊर्जा मन्त्रालय

कास्की : पछिल्लो आर्थिक सर्वेक्षणले गण्डकी प्रदेशका दुई हजार आठ सय ८४ घरधुरी मात्र बिजुुलीको पहुँचबाहिर रहेको देखाएको थियो। तीमध्ये बागलुङको ढोरपाटन नगरपालिका–६ छेन्तुङका तीन सय ९१ घरमा गत असोजमा सौर्य ऊर्जा जडान गरिएको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ। उक्त तथ्याङ्कलाई आधार मान्दा अब गण्डकी प्रदेशका दुई हजार चार सय ९३ घरधुरीमा मात्र बिजुली नपुगेको देखिन्छ। मन्त्रालयको ऊर्जा शाखा प्रमुख इन्जिनियर जीवन श्रेष्ठका अनुसार बिजुली नपुगेका घरधुरी पहिचान गरी प्रदेशको

ऊर्जा मन्त्रालय माओवादीलाई नै किन चाहिन्छ ?

दस दलीय गठबन्धन सरकारमा ऊर्जा मन्त्रालय पुनः माओवादीले नै लिएको छ । नवनियुक्त ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतसम्मको गणना गर्ने हो भने २०६८ भदौ १८ देखि हालसम्म माओवादीका ९ जना ऊर्जा मन्त्री भइसकेका छन् । आजको दिनबाहेक हालसम्म माओवादीले ऊर्जा मन्त्रालयमा ११५.२५ महिना अर्थात् ९.६ वर्ष शासन गरिसकेका छन् । यो अवधिमा मुलुकको जलविद्युत् त...

सामुदायिक विद्युतीकरणलाई विस्थापन गर्ने योजना बनाउँदै ऊर्जा मन्त्रालय

२७ माघ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले सामुदायिक ग्रामीण विद्युतीकरण संस्थाहरुको सेवालाई विस्थापन गर्ने भएको छ । यसका लागि मन्त्रालयले नीतिगत व्यवस्था र योजना तयार गर्न गृहकार्य अघि बढाएको छ । देशभर भएका सामुदायिक विद्युतीकरणमा विकृति मौलाएको र सामुदायिक संस्थाहरुले गुणस्तरीय विद्युत सेवा प्रत्याभूत गर्न नसकेको ठहर गर्दै सरकारले अब सामुदायिक विद्युतीकरण भएका […]

ऊर्जा मन्त्रालय रोजेर लिएका हौँ, भागबन्डामा परेको होइन: मन्त्री लिङ्देन

उपप्रधान एवं ऊर्जामन्त्री राजेन्द्रप्रसाद लिङ्देनले आफैंले रोजेर ऊर्जा मन्त्रालय लिएको बताएका छन्।

चुनौतीको सामना गरेर उदाहरणीय बन्न ऊर्जा मन्त्रालय लिएको छु: लिङ्देल

उपप्रधान एवं उर्जामन्त्री राजेन्द्रप्रसाद लिङ्देनले चुनौतीको सामना गर्दै उदाहरण बन्न ऊर्जा मन्त्रालय रोजेको बताएका छन्।...

फुकोट–कर्णाली जलविद्युत आयोजनाको इआइए प्रतिवेदन अन्तिम चरणमा

विद्युत उत्पादन कम्पनीले ईआइए प्रतिवेदन स्वीकृतिका लागि करिब एक महिनाअघि ऊर्जा मन्त्रालय पठाएको हो। ऊर्जाले वन तथा वातावरण मन्त्रालयमा स्वीकृतिका लागि पठाउने छ । वन मन्त्रालयले स्वीकृति दिएपछि प्रतिवेदनले अन्तिम रूप पाउने छ।...

प्राधिकरणलाई निजी क्षेत्रसँग पीपीए गर्न रोकेको छैनौं : ऊर्जा मन्त्रालय

सोमबार काठमाडौंको भृकुटीमण्डपमा ‘हिमालयन हाइड्रो एक्स्पो, २०२२’मा प्रवक्ता भेटवालले पीपीए गर्ने काम मन्त्रालयको नभएर प्राधिकरणको भएको बताउनुभएको हो ।

नयाँ विद्युत् महसुल दरले  २५ लाख परिवार लाभान्वित

सिँचाइमा प्रयोग हुने विद्युत् निःशुल्क गर्ने तयारीमा ऊर्जा मन्त्रालय विद्युत् महसुुल दर घटाउने र डिमान्ड शुल्क नबढाउने निर्णयको उद्योग वाणिज्य महासंघद्वारा स्वागत नयाँ विद्युत् महसुल दर निर्धारण भएपछि विपन्न वर्गमा पर्ने...

ऊर्जा मन्त्रालय नेतृत्व निजी जलविद्युतको विरोधी : इपान

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व निजी जलविद्युत प्रवद्र्धक विरोधी भएको आरोप लगाएको छ । पछिल्लो समय ऊर्जा मन्त्रालयसँग सम्बन्ध नै नभएका मुख्य सचिवले उत्पादन अनुमतिपत्र वितरणमा निर्णय गरी रोक लगाएको, नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद सम्झौता (पीपीए) रोकेको, विद्युत नियमन आयोगले काममा ढिलासुस्ती गरेको, विद्युत विकास विभागले […]

अर्थमन्त्रीमा जनार्दन शर्मा

यसअघि गृह र ऊर्जा मन्त्रालय सम्हालिसकेका शर्मा पार्टीभित्र खरो र स्पष्टवक्ता नेताका रूपमा चिनिन्छन्। शर्मा निष्कलंक छविका राजनीतिज्ञ पनि हुन्। एक दशक लामो लोडसेडिङ हटाउनमा उनको समेत भूमिका छ।...