आज मिति २०७९ साल असार महिनाको १६ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुती ‘रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ–१. गठबन्धन भत्काउने एमालेको दाउबागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको खेल चलिरहँदा नेकपा एमाले सत्ता गठबन्धन नै भत्काउने रणनीतिमा लागेको छ। एमालेले गठबन्धन भत्किएर नयाँ सरकार बन्ने अवस्था आए विश्वासको मत दिने बताएको हो । नेकपा एमाले बागमती प्रदेशसभाका प्रमुख सचेतक दीपक निरौलाले गठबन्धनभित्रबाट जसले नयाँ सरकार बनाएपनि आफ्नो पार्टी