सत्तारुढ गठबन्धनको बैठकमा सरकारलाई प्रभावकारी बनाउँदै संसदलाई पनि जिवन्त बनाउनेबारे छलफल भएको भएको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा सरकार र सदनलाई प्रभावकारी ढंगले अघि बढाउनेबारे छलफल भएको काँग्रेस नेता पूर्णबहादुर खड्काले जानकारी दिए । उनका अनुसार बैठकमा मन्त्रीहरुले आफ्नो मन्त्रालयको कामकारबाहीबारे ब्रिफिङ गरेका थिए भने प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्दै आएको मन्त्रालयको प्रगतिका विषयमा भने मुख्यसचिव शंकरदास वैरागीले ब्रिफ