आम्दानीभन्दा धेरै खर्च भएर आन्तरिक ऋणका भरमा मुलुक चलिरहेका बेला अर्थमन्त्री युवराज खतिवडाले पनि सरकारी ढुकुटी रित्तिएको भन्दै अर्थतन्त्रका जोखिम सार्वजनिक गरेका छन् । कान्तिपुर दैनिकमा प्रकाशित समाचारमा दुवै संसद्मा श्वेतपत्र सार्वजनिक गरेलगत्तै शुक्रबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री खतिवडाले ‘समग्र आर्थिक परिसूचकहरू नकारात्मक रहेको र बजेट अनुशासन उल्लंघन गरिएको’ भन्दै चिन्ता व्यक्त गरेको उल्लेख…