अर्घाखाँची – नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले कम्युनिस्ट सरकारले देशको ढुकुटी रित्याएको आराेप लगाउँदै देशमा आर्थिक सङ्कट उत्पन्न हुन थालेको बताउनुभएको छ । नेपाली कांग्रेस अर्घाखाँचीले वीपी स्मृति भवन सन्धिखर्कमा गरेको कार्यक्रममा पार्टीको केन्द्रीय सदस्यसमेत रहनुभएकी भुसालले कम्युनिस्ट पार्टीका नेताहरूले नागरिकलाई भन्दा आफ्नो पार्टी र कार्यकर्ता पोस्ने काम गर्ने गरेको आरोप लगाउनुभयो ।
उहाँले पालिका सरकार बलियो बनाउन कानुन बनाउन दबाब दिँदा पनि तत्कालीन नेकपा एमाले सरकारले वास्ता नगरेको...