काठमाडौं। डिजिटल वालेट आइएमई पेले अन्तरराष्ट्रिय हवाई टिकट खरीद गर्ने ग्राहकलाई लक्षित गरी ‘जेट सेट रिवार्ड’ अफर ल्याएको छ । यो अफरअन्तर्गत आइएमई पे एपमार्फत अन्तरराष्ट्रिय हवाई टिकट खरीद गर्दा हवाई टिकटमा शत प्रतिशत क्यासब्याकका साथै अन्य पुरस्कार जित्न सकिने बताएको छ ।
गत चैत ६ देखि शुरू भएको यो योजना २०८१ जेठ मसान्तसम्म कायम रहनेछ । अफरका ३ जना विजेताको नाम सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने बताइएको छ, जसमा पहिलो हुने विजेताले हवाई टिकट खरीद गरेको रकम फिर्ता पाउनेछन् । त्यस्तै दोस्रो विजेताले ‘द लेकसाइड रिट्रिट’ पोखराको प्याकेज र तेस्रो विजेताले चन्द्रागिरी हिल्स रिसोर्टको प्याकेज जित्नेछन् । यसको साथै पेमार्फत टिकट खरीद गर्ने ग्राहकले हरेक हवाई टिकटमा रिवार्ड पोइन्ट पनि पाउनेछन् ।
काठमाडौं। डिजिटल वालेट आइएमई पेले अन्तरराष्ट्रिय हवाई टिकट खरीद गर्ने ग्राहकलाई लक्षित गरी ‘जेट सेट रिवार्ड’ अफर ल्याएको छ । यो अफरअन्तर्गत आइएमई पे एपमार्फत अन्तरराष्ट्रिय हवाई टिकट खरीद गर्दा हवाई टिकटमा शत प्रतिशत क्यासब्याकका साथै अन्य पुरस्कार जित्न सकिने बताएको छ ।
गत चैत ६ देखि शुरू भएको यो योजना २०८१ जेठ मसान्तसम्म कायम रहनेछ । अफरका ३ जना विजेताको नाम सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने बताइएको छ, जसमा पहिलो हुने विजेताले हवाई टिकट खरीद गरेको रकम फिर्ता पाउनेछन् । त्यस्तै दोस्रो विजेताले ‘द लेकसाइड रिट्रिट’ पोखराको प्याकेज र तेस्रो विजेताले चन्द्रागिरी हिल्स रिसोर्टको प्याकेज जित्नेछन् । यसको साथै पेमार्फत टिकट खरीद गर्ने ग्राहकले हरेक हवाई टिकटमा रिवार्ड पोइन्ट पनि पाउनेछन् ।
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफासँगै प्रतिशेयर आम्दानीमा वृद्धि भएको छ । कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६३ प्रतिशत वृद्धि भएको हो ।
गत आवमा कम्पनीले रू. १ करोड ३१ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. २ करोड १३ लाख पुगेको हो । चालू आवमा कम्पनीको सञ्चालन आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
सञ्चालन आम्दानी गत आवको तुलनामा चालू आवमा १० दशमलव ५९ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको सञ्चालन आम्दानी रू. १८ करोड ६४ लाख रहेकोमा चालू आवमा बढेर रू. २० करोड ६१ लाख पुगेको हो ।
नाफाबढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ८५ पैसा रहेकोमा चालू आवमा बढेर १ रुपैयाँ ३९ पैसा पुगेको छ ।
कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ५३ करोड रहेको छ । जगेडा कोष भने रू. २१ करोड ३० लाख ऋणात्मक रहेको छ । चालू आवमा कम्पनीको प्रतिशेयर नेटवर्थ ८६ रुपैयाँ ११ पैसा र चालू अनुपात ३ दशमलव २५ गुणा रहेको छ ।
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले तीन महिनामा १ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बिबरण अनुसार साउन देखि असोज मसान्तसम्ममा कम्पनीले १ करोड ३१ लाख ७ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको यसैअवधिमा चन्द्रागिरीले २ करोड ३७ लाख […]
वैशाख १६, काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेड चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।उक्त वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा घटेको छ । गत आवमा कम्पनीले रू. १८ करोड ११ लाख नोक्सानीमा रहेकोमा चालू आवमा घटेर रू.२ करोड ९४ लाखमा झरेको हो । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नोक्सानी घटेको हो । गत आवमा तुलनामा चालू आवमा कम्पनीको आम्दानी १४१ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू.१७ करोड ४२ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ४२ करोड ३ लाख पुगेको हो । त्यसैगरी कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ५३ करोड रहेको छ भने जगेडा रू. ४४ करोड ९४ लाख ऋणात्मक रहेको छ ।
चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. (१ दशमलव ९२ ) र प्रतिशेयर नेटवर्थ रू. ७० दशमलव ७० रहेको छ । यस कम्पनीको मूख्य आम्दानी भनेकै कम्पनी परिसरमा भ्रमण गर्न आउने पर्यटकहरुबाट गरिने खर्च हो । पछिल्लो समय फैलिएको कोरोनाको कारण प्रभावित भएको थियो भने पछिल्लो समय भने विस्तारै कम्पनी परिसरमा विभिन्न क्रियाकलापहरु ,विवाह समारोह ,नेपाल सरकारका निकायहरुका विभिन्न दिवा तथा आवसिय कार्यक्रमहरु लगायत महोत्सव तथा समारोहरु सञ्चालन हुदै आएका छन् । यसले गर्दा कम्पनीको आय आर्जनमा सुधार हुदै गएको कम्पनी वित्तीय विवरण मार्फत जानकारी दिएको छ ।
तेस्रो त्रैमासिक वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोला ।
माघ १७, काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेड चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. १ करोड ७५ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ ।
सोमवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा खुद नोक्सानीमा कमी आएको हो ।
गत वर्ष यस अवधिसम्म कम्पनी रू. १२ करोड ३२ लाखभन्दा बढी खुद नोक्सानीमा थियो । यसवर्ष सञ्चालन आम्दानी ४०३ प्रतिशत बढेकाले कम्पनीको खुद नोक्सानीमा कमी आएको हो ।
गत वर्ष रू. ५ करोड १५ लाखभन्दा बढी केबलकार सञ्चालनबाट आम्दानी गरेको कम्पनीले यस वर्ष रू. २५ करोड ९२ लाखभन्दा बढी यो आम्दानी गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५३ करोड ४० लाख ९१ हजार छ । जगेडा कोष रकम भने रू. ४३ करोड ७५ लाखभन्दा बढी ऋणात्मक रहेको छ । गत वर्ष यस अवधिसम्म रू. २६ करोड २९ लाखभन्दा बढी यो रकम ऋणात्मक रहेको थियो ।
गत वर्षको तुलनामा यस वर्ष कम्पनीको जगेडा कोषको ऋणात्मक रकममा भने वृद्धि भएको छ ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. २ दशमलव २९ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. ७१ दशमलव ४८ रहेको छ ।
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा चन्द्रागिरी हिल्स १८ करोड ११ लाख २० हजार रुपैयाँ नोक्सानमा देखिएको छ । कोरोनाको असर चन्द्रागिरीमा पनि देखिएको छ । एक वर्षको अवधिमा कम्पनीको नोक्सान १५ करोड ९३ लाख रुपैयाँ बढेको हो । अघिल्लो वर्ष यसै अवधिमा कम्पनी २ करोड १८ लाख ८ हजार रुपैयाँ नोक्सानमा थियो । चालू...
वैशाख ६, काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्य सोमवार उच्च दरमा घटेको छ ।
कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ७ दशमलव शून्य ६ प्रतिशतले घटेको हो । यो समाचार तयार पार्दाको समय १२ : २० बजेसम्मा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार २३९ मा झरेको छ ।
कम्पनीले तेस्रो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमासमा रू.१८ करोड ११ लाख नोक्सानी व्यहोरेको हो ।
गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीका नोक्सानीमा वृद्धि भएको छ । कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. २ करोड १८ लाख ८ हजार नोक्सानीमा गएको थियो ।
सोही कारण कम्पनीको शेयर खरीदकर्ताभन्दा विक्रेता धेरै भएकाले शेयर मूल्यमा उच्च गिरावट आएको हो ।
चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओमा मागभन्दा १७.५७ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आवेदन दिने अन्तिम दिन मंगलबारसम्म १२ लाख ५१ हजार १० जना आवेदकले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ता सेयर खरिदको लागि आवेदन दिएका छन् ।कम्पनीले पुस २४ गतेदेखि सार्वजनिक निष्कासनमार्फत सर्वसाधारणका लागि १३ लाख ९६ हजार […]
एलजी सिने सर्कल फिल्म अवार्ड–२०७४ मा नेपाली चलचित्रको ५१ वर्षको ईतिहासलाई स्मरण गरिने भएको छ । पर्दा पछाडिका अनुहारलाई समेत स्थान दिने उदेश्यले अघिल्लो वर्षदेखि प्रारम्भ भएको यो एवार्डमा यसपटक चन्द्रागिरी हिल्स प्रालिले पनि सहकार्य गरेको छ ।