चन्द्रागिरी हिल्सको आईपीओमा मागभन्दा साढे १७ गुणा बढी आवेदन

चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओमा मागभन्दा १७.५७ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आवेदन दिने अन्तिम दिन मंगलबारसम्म १२ लाख ५१ हजार १० जना आवेदकले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ता सेयर खरिदको लागि आवेदन दिएका छन् ।कम्पनीले पुस २४ गतेदेखि सार्वजनिक निष्कासनमार्फत सर्वसाधारणका लागि १३ लाख ९६ हजार […]

सम्बन्धित सामग्री

चन्द्रागिरि नगरपालिकाले बाँड्न लागेको साडी बरामद

नेपाल प्रहरीले चन्द्रागिरी नगरिपालिकाले स्थानीय महिलाहरुलाई बाँड्न लागेको साडी बरामद गरेको छ। निर्वाचन आचार संहिता विपरित स्थानीय महिलाहरुलाई बाँड्न लागिएको ११० थान साडी बरामद गरिएको हो। चन्द्रागिरी नगरपालिकाको वडा नम्बर ८ कार्यालयले खरिद गरेको ११० थान साडी प्रहरीले बरामद गरेको हो । शनिबार निर्वाचन अधिकृतको कार्यालय चन्द्रागिरि नगरपालिका बलम्बुबाट निर्वाचन आचारसंहिता विपरित स्थानीय महिलाहरूलाई साडी वितरण गर्न लागिएको भन्ने सूचना आएपछि उक्त सारी बरामद गरिएको हो। प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुबाट संयुक्तरुपमा खटिएको टोलीले चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ को वडा कार्यालय भवनबाट  वितरण गर्न तयारी अवस्थामा राखिएको साडी बरामद गरेको हो।नगरपालिकाले साडी १ हजार २५० रुपैयाँका दरले किनेको पाईएको छ । उक्त घटनाको सम्बन्धमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । वडा कार्यालयले महिलाहरूलाई साडी वितरण गर्न लागेको सूचना शनिबार बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल भएको थियो ।शुक्रबार वडाध्यक्ष सन्तोष खड्काले हस्ताक्षर गरेको एक सूचनामा महिलाहरूलाई शनिबार दिउँसो २ बजे साडी बाँड्न लागिएको उल्लेख थियो. ‘वडा कार्यालयमा साडी पाऊँ भनी आवेदन दिनुभएका दिदी बहिनीहरूले तपशीलको मिति, समय र स्थानमा साडी बाँड्ने कार्यक्रम रहेकोले वडा कार्यालयमा आई साडी बुझिलिनु हुन अनुरोध छ,’ वडाध्यक्ष खड्काले जारी गरेको सूचनामा उल्लेख छ।

नेप्सेले गर्‍यो सूचीकृत कम्पनीहरुको वर्गिकरण, वर्ग ‘ए’ मा ३६ कम्पनी(सूचीसहित)

चैत ६, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले सूचीकृत कम्पनीहरुको वर्गिकरण गरेको छ । सूचीकृत कम्पनीहरुलाई नेप्सेले वर्ग ए, बी, जी र जेट गरी चार समूहमा वर्गिकरण गरेको छ । वर्ग ‘ए’ मा २५ ओटा वाणिज्य बैंक, चार विकास बैंक, दुई फाइनान्स कम्पनी, एक लघुवित्त कम्पनी, तीन हाइड्रोपावर कम्पनी र एउटा उत्पादन तथा प्रशोधन समूह रहेको छ ।  त्यसैगरी वर्ग ‘बि’ मा दुई फाइनान्स कम्पनी, चार लघुवित्त कम्पनी, दुई हाइड्रोपावर कम्पनी, एक हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी  परेको छ । त्यसैगरी वर्ग ‘जि’ मा सूचीकृत भएको दुई वर्ष पूरा नभएका कम्पनीहरु आठ लघुवित्त, पाँच जीवन बीमा कम्पनी, तीन निर्जीवन बीमा कम्पनी, १४ ओटा हाइड्रोपावर कम्पनी, चन्द्रागिरी हिल्स, लगानी समूहका चार कम्पनी र अन्य समूहको एक नेपाल रि इन्स्योरेन्स कम्पनी परेको छन् ।  त्यसैगरी वर्ग ‘जेड’ मा एक कमर्सियल बैंक एनआईसी एशिया बैंक, १२ ओटा विकास बैंक, १६ ओटा फाइनान्स, ४० ओटा लघुवित्त कम्पनीहरु र ७ जीवन बीमा कम्पनी, १५ निर्जीवन बीमा कम्पनी, २८ ओटा हाइड्रोपावर कम्पनी, एक सिटिजन्स इन्भेष्टमेण्ट ट्रष्ट, व्यापार समूहको ४ कम्पनी, उत्पादन तथा प्रशोधन समूहको १८ कम्पनी, होटल एण्ड टुरिजम समूहका चार कम्पनी र अन्य समूहको २ कम्पनी परेका छन् ।  वर्गिकरणमा परेका संगठित संस्थाले उल्लेखित समूहमा पर्नु नपर्नुको कारण सहित ३५ दिनभित्र दाबी सहित आवेदन दिन नेप्सेले अनुरोध गरेको छ।

चन्द्रागिरीको आइपिओ बाँडफाँड भोलि

काठमाडौं । चन्द्रागिरी हिल्सको आइपिओ शुक्रबार (माघ ९ गते) बाँडफाँड हुने भएको छ  । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका कै कार्यालय नक्साल काठमाडौंमा बिहान १० बजे आइपीओ बाँडफाँड हुनेछ ।  कम्पनीको आइपीओ प्रि– अलोटमेन्ट बुधबार नै सम्पन्न भइसकेको छ ।चन्द्रागिरीमा माग भन्दा अत्यधिक आवेदन परेकोले शेयर पाउन भाग्यकै भर पर्नुपर्ने भएको छ । कम्पनीको आइपीओमा कुल १२ लाख ५६ हजार ७४६ जनाले आवेदन दिएको बिक्री प्रबन्धकले जनाएको छ । त्यसमध्ये ४५ हजार ६ सय ३१ वटा आवेदन रद्द भएर १२ लाख ११ हजार १

आईपीओमा नयाँ रेकर्ड : १५ लाख ३० हजारले दिए १८ अर्ब १२ करोडको आवेदन

६ माघ, काठमाडौं । साधारण सेयर (आईपीओ) आवेदनमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १५ लाख २९ हजार ४६० ले १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताका लागि आवेदन दिएका छन् । यस अघि चन्द्रागिरी हिल्स लिमिटेडमा १२ लाख ७७ हजारले आईपीओका लागि आवेदन दिएका थिए । ८ अर्ब रुपैयाँको […]

चन्द्रागिरीको आईपीओ भर्नेलाई केबुलकारमा २५ प्रतिशत छुट

चन्द्रागिरी केबुलकारले हालै मात्र स्थानीय तथा सर्वसाधारणका लागि आह्वान गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने सम्पूर्ण आवेदकले केबुलकार यात्रामा २५ प्रतिशत छुट पाउने भएका छन्

चन्द्रागिरीको आईपीओ भर्ने आज अन्तिम दिन, लगानीकर्ताको अत्यधिक आकर्षण

चन्द्रागिरी हिल्सको आइपीओ भर्ने आज अन्तिम दिन हो । चन्द्रागिरीले पुस २४ गतेबाट सर्वसाधारणका लागि १०० रुपैयाँ दरमा १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्कासन गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९ सय ६० कित्तासम्म आवेदन दिन पाउनेछन् । निष्काशन भएको सेयर...

चन्द्रागिरी हिल्सको सेयर आवेदन खुल्यो, केवलकार कम्पनीको पहिलो आईपीओ

काठमाडौं । चन्द्रागिरी हिल्सको आईपीओ आजदेखि खुला भएको छ । दोस्रो चरण अन्तर्गत सर्वसाधारणका लागि १५ करोड ३४ लाख ९ हजार १ सय रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९ सय १० कित्ता सेयरको बिक्री खुला भएको हो । यो र्आपीओको आवेदन मंगलबार बन्द हुनेछ । पहिलो चरण अन्तर्गत चन्द्रागिरीले यसअघि स्थानीयवासीका लागि चुक्ता पुँजीको २ प्रतिशत...

चन्द्रागिरीको हिल्सको आईपीओ अब सर्वसाधारणलाई, कति गर्ने आवेदन ?

काठमाडौं । चन्द्रागिरी हिल्सले निष्कासन गरेको आईपीओ अब सर्वसाधारणका लागि जारी हुने भएको छ । यसअघि आयोजना क्षेत्रका प्रभावित एवं स्थानीयबासीका लागि यसअघि नै जारी भइसकेको सो सेयर अव सर्वसाधारणका लागि खुला हुन लागेको हो । चन्द्रागिरीले शुक्रबार आह्वानपत्र प्रकाशन गदै सर्वसाधारणले उक्त सेयर पुस २४ गतेदेखि २८ गतेसम्म भर्न सकिने जनाएको छ । चन्द्रागिरीले चुक्ता पुँजीको १० प्रतिशतले हुने १५ करोड ३४ लाख ९ हजार १ सय रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९ सय १० कित्ता सेयर जारी गर्न लागेको हो । यसअघि स्थानी

चन्द्रागिरीको हिल्सको आईपीओ अब सर्वसाधारणलाई, कति गर्ने आवेदन ?

काठमाडौं । चन्द्रागिरी हिल्सले निष्कासन गरेको आईपीओ अब सर्वसाधारणका लागि जारी हुने भएको छ । यसअघि आयोजना क्षेत्रका प्रभावित एवं स्थानीयबासीका लागि यसअघि नै जारी भइसकेको सो सेयर अव सर्वसाधारणका लागि खुला हुन लागेको हो । चन्द्रागिरीले शुक्रबार आह्वानपत्र प्रकाशन गदै सर्वसाधारणले उक्त सेयर पुस २४ गतेदेखि २८ गतेसम्म भर्न सकि...