काठमाडौं : काठमाडौं उपत्यकाबाट फोहोर बोकेर ल्यान्डफिल साइट गएका गाडी नुवाकोटको आलेटार र सिसडोलमा रोकिएको छ। बञ्चरेडाँडा वरपरका स्थानीय बासिन्दाले फोहोर विसर्जनमा अवरोध गरेसँगै फोहोर रोकिएको महानगरपालिकाले जनाएको छ।अगाडि पछाडि प्रहरीका गाडी पनि छन्। तर स्थानीयको अवरोधका कारण गाडी अघि बढ्न नसकेका हुन्। महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार स्थानीय बासिन्दा हातमा ढुंगा बोकेर डाँडामा बसेका छन्। काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार