काठमाडौं : काठमाडौंबाट फोहोर बोकेर गएका गाडी बञ्चरेडाँडाका स्थानीयवासीले फेरि पनि रोकेका छन्। फोहोर बोकेर गएका गाडीलाई स्थानीयले पूर्व-सूचनाबिना नै रोक लगाएको काठमाडौं महानगरपालिकाले जनाएको छ। महानगरबाट करिब ६० गाडी फोहोर बोकेर गए पनि स्थानीयले रोकेका कारण फोहोर बञ्चरेडाँडा पुग्न नसकेको काठमाडौं महानगरपालिकाका वातावरण विभागकी प्रमुख सरिता राईले जानकारी दिइन्।ल्यान्डफिल साइड जाने सडकका कारण एक हप्तादेखि उपत्यकाको फोहोर रोकेको थियो। बुधबार सडक मर्मत गर