दशैंमा ‘हेभिवेट’ फिल्मको भिडन्त, नजुधाउन चलचित्र संघको आग्रह
काठमाडौं । असोज महिना घरेलु फिल्मका लागि व्यस्त महिना हुने भएको छ । दशैंलाई लक्षित गर्दै उक्त महिनामा ‘हेभिवेट’ फिल्म रिलिज तयारीमा छन् ।
अहिलेसम्म सात फिल्मले उक्त महिनामा प्रदर्शन मिति घोषणा गरेका छन् । जसअनुसार …
चलचित्र कलाकार संघले चलचित्र विकास बोर्ड र नेपाल चलचित्र संघलाई वार्तामा बसेर समस्या समाधान गर्न आग्रह गरेको छ । अध्यक्ष रविन्द्र खड्काले शुक्रबार विज्ञप्ति जारी गर्दै वार्ताबाट समस्याको समाधान गर्न आग्रह गरेका हुन् ।फिल्म प्रदर्शन र सेन्सरका विषयमा विकास बोर्ड र चलचित्र संघबीच विवाद हुँदै आएको छ । यस्तै आन्दोलनका कार्यक्रम घोषणा गर्ने चलचित्र संघको विज्ञप्तिप्रति कलाकार संघले ध्यानाकृष्ट भएको समेत उल्लेख छ । चलचित्र संघले विकास बोर्डविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्दै अध्यक्ष भुवन केसीसँग व
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल खेलाडी संघले पछिल्लो समय देखिएको अन्योल्यतालाई सुल्झाउँदै घरेलु फुटबल यथाशीघ्र संचालनका लागि वातावरण तयार पार्न अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) को ध्यानाकर्षण गराएको छ । एन्फाले सहिद स्मारक ए डिभिजन लिगको तयारीका लागि प्रतिबद्धता जनाएअनुसार तयारी रकम उपलब्ध नगराएपछि लिग निर्धारित समयमा सुरु हुनेमा शंका उत्पन्न भएको […]
गैरआवासीय नेपाली संघले नेपालको पर्यटक भित्र्याउनको लागि पर्यटन क्षेत्रको प्रचार डिजिटल माध्यमबाट विभिन्न देशको भाषामा बनाउन आग्रह गरेको छ । सोमबार काठमाडौंमा नेपालको पर्यटन क्षेत्रको विकासमा गैर आवासीय नेपाली संघको भूमिका विषय अन्तरक्रिया कार्यक्रम गर्दै संघले नेपाल टुरिजम बोर्डलाई यस्तो आग्रह गरेको हो । संघले अबको युग डिजिटल युग भएकाले नेपालको पर्यटन क्षेत्रको प्रचार पुरानो शैलीमा नभएर नेपालको समग्र पर्यटन क्षेत्रको जानकारी दिनेगरी छोटो भिडियो बनाएर प्रचार गर्नुपर्ने आवश्यकता रहेको बताएको
नेपाल बोतल वाटर उद्योग संघले जार तथा बोतलको प्रशोधित पानी प्रयोग गर्न आग्रह गरेको छ ।सङ्घले आज विज्ञप्ति जारी गरी विभिन्न सञ्चारमाध्यममा जार तथा बोतलको पानीमा हैजाको प्रकोप बढेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रशोधित पानीको प्रयोग गर्न आग्रह गरेको हो ।सङ्घका अध्यक्ष धुव्र गौतमले सङ्घभित्र आबद्ध उद्योगले खाद्य ऐन, २०२३ संशोधनसहित खाद्य तथा गुणस्तर नियन्त्रण विभागको निर्देशिका २०७४ बमोजिम उद्योग सञ्चालन गर्दै आएको र चौमासिकरुपमा पानीको परीक्षण गराउँदै आएको भन्दै हैजाको प्रकोप
न्युज अफ नेपाल, कास्की । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको बेला आपूर्ति व्यवस्था सहज बनाउन एवं स्वास्थ्य सुरक्षाको मापदण्ड कायम गर्दै व्यापार/व्यवसाय गर्न उद्योगी/व्यवसायीहरुलाई अपील गरेको छ । संघले बुधबार विज्ञप्ति जारी गर्दै चाडबाडको बेला मूल्यसूचि देखिने गरी टाँस्न, बढी मुनाफा नलिन तथा म्याद गुज्रेका खाद्य बस्तुहरु टाँसीमा नराख्न एवं बिक्री–बितरण नगर्न पनि आग्रह गरेको […]
काठमाडौं, असार १६ । चिठ्ठाका नाममा नठगिन नेपाल बैंकर्स सघंले आम सर्वसाधारणलाई सचेत गरेको छ । बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई विभिन्न सामाजिक सञ्जाल मार्फत चिठ्ठा परेको र रकम पठाउनका लागि भन्दै खाता र व्यक्तिगत विवरण माग गर्ने गरी ठगी गर्ने क्रम बढको भन्दै सचेत गराएको हो । यस्ता सहयोग गर्ने बाहानामा खाताको गोप्य विवरण […]
नेपाल आयुर्वेद चिकित्सक संघले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणमा खटिँदै आएका आयुर्वेद चिकित्सकमाथि आक्रमण गर्नेलाई तत्काल कारवाही गर्न आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै संघले सो आग्रह गरेको हो । कर्णालीको सुर्खेतमा सञ्चालित आइसोलेशन सेन्टरमा कार्यरत डा.शंकर प्रसाद रिजाल, डा.यादव उपाध्याय र स्वास्थ्यकर्मी लोकप्रसाद रेग्मीमाथि सुनियोजित ढंगले साङ्घातिक हमला गरी घाइते बनाइएको भन्दै संघले घोर भर्त्सना गरेको छ ।सो घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै संघले चिकित्सकमाथि हा
काठमाडौं (अस) । नेपाल बैंकर्स संघले कोभिड संक्रमण फैलिएसँगै स्वास्थ्य सुरक्षाका लागि बैंकिङ कारोबार घरैबाट गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत एक खाताबाट अर्कोमा रकम स्थानान्तरण, खाता ब्यालेन्स हेर्ने, विभिन्न बिल भुक्तानीलगायत कार्य गर्न सकिने संघले स्मरण गराएको छ ।
सामान खरिद गर्दासमेत उपलब्ध भएसम्म कार्ड प्रयोग तथा क्यूआरमार्फत भुक्तानी गरी नगद कारोबार नगर्न संघले सुझाएको छ । ग्राहकको सहजताका निम्ति निषेधाज्ञा अवधिभर मुद्दती खाता नवीकरणसमेत सम्बन्धित बैंकलाई इमेलमार्फत अनुरोध गर्न सकिने संघले बताएको छ । कुनै परिस्थितिवश इमेल गर्न नसकिए निषेधाज्ञा समाप्त भएको ७ दिनसम्म मुद्दती परिपक्व भएको मितिबाटै लागू हुने गरी नवीकरण गर्न सकिनेछ ।
वैशाख ३०, काठमाडौं । नेपाल बैंकर्स संघले कोरोना कहरबीच सुरक्षित तरिकाले विद्युतीय कारोबार गर्न नागरिकलाई आग्रह गरेको छ ।
संघको बिहीवारको बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘डिजिटल बैंकिङ प्रयोग गर्दा कुनै समस्या आएमा वा सहयोग आवश्यक परेको खण्डमा सम्बन्धित बैंकमा फोन वा इमेलमार्फत सम्पर्क गर्न सकिने छ ।’
यस्तै बैंकका सबै एटिएम खुला रहनुका साथै बैंकका कल सेन्टरसमेत कार्यालय समयभर उपलब्ध हुने जानकारी गराइएको छ । ग्राहकको स्वास्थ्यलाई ध्यानमा राख्दै शाखामा भीडभाड नगर्न तथा जोखिम कम गर्न निषेधाज्ञा अवधिभरका लागि बैंकका शाखामार्फत केही सेवा भने निरन्तर रहने संघले जानकारी दिएको छ ।
संघले खाताबाट रकम झिक्ने र नगद जम्मा गर्ने काम रू. ५० हजारभन्दा माथि मात्रै हुनेछ । यस्तै, रकम स्थानान्तरण, विप्रेषण भुक्तानी र अन्तरराष्ट्रिय व्यापारका लागि आवश्यक सहजीकरण गरिने जानकारी दिइएको छ । संघले घरबाटै कारोबार गर्न तथा आफू र अरुलाई पनि सुरक्षित राख्न आग्रह गरेको छ । रासस