चिकित्सकमाथि हातपात गर्नेलाई तत्काल कारवाही गर्न संघको आग्रह

नेपाल आयुर्वेद चिकित्सक संघले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणमा खटिँदै आएका आयुर्वेद चिकित्सकमाथि आक्रमण गर्नेलाई तत्काल कारवाही गर्न आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै संघले सो आग्रह गरेको हो । कर्णालीको सुर्खेतमा सञ्चालित आइसोलेशन सेन्टरमा कार्यरत डा.शंकर प्रसाद रिजाल, डा.यादव उपाध्याय र स्वास्थ्यकर्मी लोकप्रसाद रेग्मीमाथि सुनियोजित ढंगले साङ्घातिक हमला गरी घाइते बनाइएको भन्दै संघले घोर भर्त्सना गरेको छ ।सो घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै संघले चिकित्सकमाथि हा