मालपोत कार्यालयमा प्रमुखविहीन हुँदा सेवाग्राही मारमा

खोटाङ । मालपोत कार्यालय खोटाङ प्रमुखविहीन हुँदा सेवाग्राही मारमा परेका छन् । तत्कालीन कार्यालय प्रमुख धर्मराज आचार्य २९ चैतमा सरुवा लिएर अन्यत्र गएपछि मालपोत कार्यालय प्रमुखविहीन बनेको हो । कार्यालय प्रमुख नहुँदा मालपोतमा नामसारी, नाम संशोधन, स्रेस्ता कायमलगायतका अर्धन्यायिक काम कारबाही ठप्प भएको छ । कार्यालय प्रमुखको अभावमा हाल दृष्टिबन्धक, ससिम जग्गा पास, जग्गा रोक्का […] The post मालपोत कार्यालयमा प्रमुखविहीन हुँदा सेवाग्राही मारमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

मालपोत कार्यालयमा ‘टाइमकार्ड’ लागू हुँदै, 'दुई घण्टामा सेवा दिइने'

काठमाडौं । मालपोत कार्यालयको सेवालाई सेवाग्राहीमैत्री पारदर्शी र गुनासोमुक्त बनाउन टाइमकार्ड लागू हुने भएको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मालपोत कार्यालयबाट सम्पादन हुने सबै प्रकारका सेवा दुई घण्टाभित्रमा सम्पन्न हुने गरी कार्यसम्पादनको व्यवस्था मिलाउन निर्देशन दिएको छ । मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सबैले देख्ने र बुझ्ने गरी दुई घण्टाभित्र काम सम्पन्न गर्ने जानकारी सहितको नागरिक बडापत्रको व्यवस्था मिलाउन निर्देशन दिएको बताए ।  मोरङलगायत मुलुकका विभिन्न भागमा रहेका मालपोत कार्यालय र नापीको अनुगमनपछि कुराकानी गर्दै उनले सेवाग्राही र लेखापढी व्यवसायीबाट पनि मालपोतबाट प्रदान गरिने सेवालाई प्रभावकारी तुल्याउन सहयोगको अपेक्षा गरे ।  मालपोत, नापी, स्थानीय तह, वडा कार्यालय, लेखापढी व्यवसायीले अन्तरसम्बन्धित काममा समन्वय आवश्यक रहेको बताउँदै सचिव डा. रेग्मीले भने, ‘लेखापढी व्यावसायीले लिने सेवा शुल्कलाई पारदर्शी बनाउनुपर्छ, लागतभन्दा बढी सेवा शुल्क लिन भएन ।’  मन्त्रालयले मालपोत भूमि प्रशासनसँग जोडिएका कार्यालयमा टोकन प्रणाली, सेवाग्राही प्रतीक्षालय, पिउने पानीसहितको हेल्पडेस्क स्थापना गर्न निर्देशन दिएको छ । रासस

पर्सा मालपोत र भूमि सुधारमा कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा

वीरगन्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिकाबाट मालपोत कार्यालय पर्सामा आएका शम्भु साह कार्यालयमा मुख्य कर्मचारी नहुँदा काम नबनेपछि आईतबार यत्तिकै घर फर्किन बाध्य भए । मोहीले बुझाएको रकम लिन काठमाण्डौबाट आएका अर्का एक युगलजोडी पनि संघीय गणतान्त्रिक देशका मालपोत र भूमिसुधार कार्यालय पर्साका हाकिम र कर्मचारी नभएकै कारण सेवा लिन नसकी खाली हात घर फर्कन […] The post पर्सा मालपोत र भूमि सुधारमा कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एनएमबि बैंकको विस्तारीत काउण्टर मोरङ्गको बेलबारी मालपोत कार्यालयमा

एनएमबि बैंकले मोरङ्गको बेलबारी मालपोत कार्यालयमा १० औं विस्तारीत काउण्टर शुभारम्भ गरेको छ । नेपाल सरकार भुमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव राम प्रसाद थपलियाको प्रमुख आतिथ्यता र नेपाल सरकार भुमी व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरे, एनएमबि बैंक लि.का प्रमूख कार्यकारी अधिकृत सुनिल के.सि.को विशेष आतिथ्यता तथा एनएमबि बैंक लि. प्रदेश नं. १ का प्रमुख उत्सव घिमिरेको सभापत्विमा आयोजित एक कार्यक्रममाझ शुक्रबार मालपोत कार्यालय परिसरमा विस्तारित काउण्टरको उद्घाटन गरिएको बैंकले जनाएको छ ।  कार्यक्रममा बैंकका प्रमूख कार्यकारी अधिकृत के.सि.ले सरकार–नीजी क्षेत्रको सहकार्य अन्तर्गतको यो प्रक्रियामा मालपोत कार्यलयले बैंकलाई विश्वास गरी सेवा प्रदान गर्न अवसर दिएकोमा धन्यवाद व्यक्त गर्दै अव मालपोत कार्यलय बेलबारीमा नगद रहीत सेवा लिन हुन पनि सम्पूर्ण सेवाग्राही महानुभावहरुलाई अनुरोध गरेका छन् । एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।   बैंकले यस लगायत हाल देशभरी १० एक्सटेन्सन काउन्टरहरु, २०१ शाखाहरु र १३९ एटिएमहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

रुकुम पूर्व : मालपोत कार्यालयमा इन्टरनेट नचल्दा सेवाग्राही समस्यामा

रुकुम – रुकुम पूर्वको मालपोत कार्यालयमा इन्टरनेट नचल्दा सेवाग्राहीले समस्या भोग्नु  परेको छ । टाढा टाढाबाट सेवा लिन पुगेका सेवाग्राही होटलमा बस्न बाध्य भएका छन् । एक दिनको काम हप्ता दिनसम्म नहुँदा खर्च बढेको उनीहरुको गुनासो छ । 'यहाँ आएकाे ६ दिन भयो तर काम अझै भएको छैन’ सिस्ने गाउँपालिका वडा नम्बर ५ बाट आउनुभएका टिकाराम कार्कीले भन्नुभयो, ‘दिनभर कतै काम भइहाल्छ कि भनेर कार्यालयमा कुर्नेहरु धेरै छन् ।’ जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर १ र २, पुथाउत्तरगंगा गाउँपा...

मालपोत र भूमिको काम एकै ठाउँबाट

मोरङ- मालपोत कार्यालय विराटनगर र भूमि सुधार कार्यालयले प्रदान गर्ने सेवा एकै स्थानबाट सुरु भएको छ । विगतमा भूमिमा हुने कामका लागि सेवाग्राही पुग्दा कर्मचारी मालपोत कार्यालयमा गएको र मालपोत कार्यालयमा कामका लागि पुग्ने सेवाग्राहीलाई कर्मचारी भूमि सुधार कार्यालय गएको व्यवहार कर्मचारीले देखाउने गर्दा सेवाग्राही निकै मर्कामा पर्ने गरेका थिए । विसं २०१३ मा निर्माण […]

कर्मचारीमा संक्रमण देखिएपछि उदयपुर मालपोत कार्यालय एक साता बन्द

उदयपुर । उदयपुरको मालपोत कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि कार्यालयको सम्पुर्ण सेवा एक साताका लागि बन्द गरिएको छ । सेवाग्राही र अन्य कर्मचारीमा संक्रमण फैलन नदिन कार्यालयले सुचना जारी गर्दै सेवा बन्द गरेको हो । हिजो सोमबार त्रियुगा नगरपालिकाका एक अधिकृत स्तरका कर्मचारीमा संक्रमण पुष्टि भएपछि मंगलबार नगरपालिकाको कामकाज बन्द गरिएकै बेला मालपोतका […]

कोरोनाको असर चितवनका सरकारी कार्यालयमा : बाक्लिंदै संक्रमण, पातलिंदै सेवाग्राही

वैशाख १३, चितवन । देशभर कोरोना संक्रमितको संख्या वृद्धि भएसँगै चितवनका सरकारी कार्यालयमा समेत यसको असर पर्दै गएको छ ।  कोरोना महामारीका चितवनमा दैनिक औषत दुई गुणा संक्रमितको संख्या वृद्धि भएको छ । संक्रमित र मृत्युको संख्या बढ्दै जाँदा यसको प्रत्यक्ष असर चितवनका अधिकांश सरकारी कार्यालयहरुमा परेको छ । आइतवारको तथ्यांक अनुसार चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या ३२४ पुगेको छ  जसका कारण एकसाता अघिमात्र भीडभाड हुने सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति घट्दै गएको छ  । चितवनका मालपोत कार्यालय, आन्तरिक राजस्व कार्यालय, यातायात व्यवस्था सेवा कार्यालय, नेपाल विद्युत् प्राधिकरण तथा घरेलु तथा साना उद्योग लगायतका कार्यालयमा सेवाग्राहीको चाप कम हुँदै गएको पाइएको छ ।  मालपोत कार्यालय भरतपुरका सूचना अधिकारी  हेम तिमिल्सिना  कार्यालयमा दैनिकजसो सेवाग्राहीको चाप घट्दै गएको बताउँछन् । ‘कार्यालयमा सबै किसिमका गरी दैनिक १२० जनाको भन्दा बढीको काम हुन्थ्यो ’, उनले भने हाल २० प्रतिशत सेवाग्राही घटेको पाएका छौं ।’ हाल रजिष्ट्रेसन पासभन्दा बैंक धितो राख्ने सेवाग्राही धेरै भएको उनले बताए ।  हुनत भरतपुर नारायणगढका मुख्य बजारमा पनि मानिसको उपस्थिति कम हुँदै गएको छ । आर्थिक गतिविधि पनि घट्दै गएको छ । कोरोनाका जोखिमकै कारण स्थानीय प्रशासनले महानगरका हरेक पसल, होटल, रेष्टुरेण्ट राती ८ बजेभन्दा बढी समय खोेल्न निषेध गरिएको छ । कारोबारमा ह्रास आएपछि व्यवसायीहरु पनि चिन्तामा देखिन्छन् ।  कोरोना जोखिम र व्यवसायमा ह्रास देखिएपछि आन्तरिक राजस्व कार्यालय भरतपुरमा समेत सेवाग्राहीको चाप कम हुँदै गएको छ । कार्यालयका सूचना अधिकारी कपिलराज नेपाल वैशाख महीना शुरु भए यतानै सेवाग्राहीको संख्यामा कम हुँदै गएको बताउँछन् । ‘वैशाख अघिसम्म सेवाग्राहीको चाप पनि बढी थियो, राजस्व संकलन पनि उल्लेखनीय थियो तर यो क्रम ह्वातै घटेको छ’,उनले भने । केही दिन अघिमात्र कोरोना भ्याक्सिनको दुबै डोज लगाइसकेका उक्त कार्यालयका चारजना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको थियो । कोरोनाको त्रासका कारण र व्यापार व्यवसायमा मन्दी आएपछि सेवाग्राही घट्दै गएको हुन सक्ने उनको भनाइ छ ।  यसैगरी चितवनमा सार्वजनिक यातायात तथा निजी यातायातको आगमनमा पनि केही कमी भएको देखिन्छ । कतिपय नागरिकहरु घरबाट निस्कन छाडेका छन् । सेवाग्राहीको उत्तिकै चाप हुने भरतपुरको यातायात व्यवस्था कार्यालयमा पनि चाप घट्दै पाइएको छ ।  कार्यालयका लेखाप्रमुख सम्राटमणी अधिकारी  वैशाख लागेदेखिनै कार्यालयमा आउने ५० प्रतिशत सेवाग्राही कम भएको बताउँछन् । ‘वैशाखबाट ५० प्रतिशतनै सेवाग्राही कम भएको छ’, उनले भने, ‘यसअघि दैनिक ८०० जनाको हाराहारीमा सेवाग्राही थिए । अहिले ४०० जनाको हाराहारीमा छन ।’ यसअघि सेवाग्राहीको चाप बढ्दा एकजना सेवाग्राहीको लागि १ घण्टा समय लाग्थ्यो अहिले सेवाग्राहीले कुर्नुनपरेको उनले बताए । भरतपुरको विद्युत् कार्यालयमा पनि दैनिकजसो सेवाग्राहीको चाप बढ्दै गएकोमा हाल आएर सेवाग्राहीको चाप घट्दै गएको छ । कार्यालयका लेखा प्रमुख चिरञ्जीवी शर्मा यो अनुपात गत हप्ताबाटनै कम भएको बताउँछन् । ‘अधिकांश सेवाग्राहीले अनलाइन भुक्तानी मार्फत बिल तिर्ने गरेका छन् ’, उनले भने, ‘अनलाइन बिल भुक्तानी गर्न नजान्ने सेवाग्राही मात्र कार्यालय आएको पाएका छौं ।’ यसअघिसम्म दैनिक ६०० जनासम्म सेवाग्राहीले सेवा लिएपनि यो संख्या ५० प्रतिशतभन्दा कम भएको उनले बताए ।  यसअघि कोरोनाको असर कम हुँदै जाँदा उद्योग व्यवसाय दर्ता गर्न आउने घरेलु तथा साना कार्यालयमा सेवाग्राही घट्न थालेका छन् । दिनहुँ १०० ओटाभन्दा बढी उद्योग व्यवसाय दर्ता गर्ने उक्त कार्यालयले हाल अधिकतम ५० ओटाकोे हाराहारीमा उद्योग व्यवसाय दर्ता हुने गरेको जानकारी दिएको छ । कार्यालयका कम्युटर अपरेटर नायब सुब्बा  गौतम मैनालीले कोरोनाको त्रास र आर्थिक वर्षको अन्तिम मिति नजिकिदै गएकोले पनि सेवाग्राही कम भएको बताउँछन् ।  ‘आर्थिक वर्ष अन्त्य हुने समय पनि आउन लाग्यो । उद्योग व्यवसाय भन्दा पनि मानिसको स्वास्थ्य ठूलो कुरा भयो’, उनले भने, ‘पछिल्लो समय मानिसमा स्वास्थ्य चेतना पनि छ, भय र त्रास पनि बढ्दै गएको छ । ’

लहान मालपोत कार्यालय बम बिस्फोटका यी हुन् ८ घाइते

लहान । सिरहाको लहानस्थित मालपोत कार्यालयमा आज अपराह्न बम विस्फोट हुँदा एक कर्मचारीसहित आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको गम्भीरावस्था छ । कार्यालय सञ्चालन भइरहेका बेला भवनको पहिलो तल्लामा अचानक अपराह्न १ बजेतिर बम बिस्फोट हुँदा छर्रा लागेर मालपोत कार्यालय लहानमा कार्यरत कर्मचारी ३८ वर्षीय शिवकुमार यादव र लेखापढी व्यववसायी ७८ वर्षीय भोला पाचेमगर घाइते हुनुभएको छ । बमकै छर्रा लागेर सेवाग्राही सिरहा, धनगढीमाई नगरपालिका– १३ निवासी ३५ वर्षीय दिनेश भण्डारी, लहान नगरपालिका– १६ तरेगाना निवासी ५२ वर्षीय लालबहादुर विक, भगवानपुर गाउँपालिका– ३ निवासी ५४ वर्षीय बद्रीनारायण यादव, गोलबजार नगरपालिका– ४ निवासी ३८ वर्षीय फुलकुमार ठाकुर तथा गोलबजार– ६ निवासी ३५ वर्षीय लक्ष्मी राणा र ३५ वर्षीया बेचनी मगर घाइते भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । घाइतेमध्ये भण्डारी र कर्मचारी यादवको अवस्था गम्भीर रहेकाले उपचारका लागि विराटनगर पठाइएको र बाँकी घाइतेको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालले जानकारी दिनुभयो । विस्फोटबाट कार्यालयको एउटा कोठामा आगोसमेत लागेको छ । आगो वारुण यन्त्रले तत्कालै नियन्त्रणमा लिएको थियो । उहाँका अनुसार घटनास्थलमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्तिमोर्चाको पर्चा पम्पलेट फेला परेको छ ।(रासस)