रुकुम पूर्व : मालपोत कार्यालयमा इन्टरनेट नचल्दा सेवाग्राही समस्यामा

रुकुम – रुकुम पूर्वको मालपोत कार्यालयमा इन्टरनेट नचल्दा सेवाग्राहीले समस्या भोग्नु  परेको छ । टाढा टाढाबाट सेवा लिन पुगेका सेवाग्राही होटलमा बस्न बाध्य भएका छन् । एक दिनको काम हप्ता दिनसम्म नहुँदा खर्च बढेको उनीहरुको गुनासो छ । 'यहाँ आएकाे ६ दिन भयो तर काम अझै भएको छैन’ सिस्ने गाउँपालिका वडा नम्बर ५ बाट आउनुभएका टिकाराम कार्कीले भन्नुभयो, ‘दिनभर कतै काम भइहाल्छ कि भनेर कार्यालयमा कुर्नेहरु धेरै छन् ।’ जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर १ र २, पुथाउत्तरगंगा गाउँपा...

सम्बन्धित सामग्री

मालपोत कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख पक्राउ

रुकुम पश्चिम – रक्सी खाएर कार्यालयमा आएको र सेवा प्रवाहमा लापर्बाही गरेको भन्दै मालपोत कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलीले निमित्त प्रमुख गोर्खबहादुर खड्कालाई पक्राउ गरेको हो ।   सेवा प्रवाहमा आएको गुनासोपछि कार्यालय समयमै मदिरा सेवन गरेको अवस्थामा खड्कालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताउनुभयो । प्रकाउ परेका खड्कामाथि प्रचलित स्थानीय प्रशासन ऐनअनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी गैह्रेले जनाउनुभयो ।  ...