बिरामीको चाप वृद्धि भएपछि भरतपुर अस्पतालको प्रसूति कक्षमा शैया अभाव हुन थालेको छ । प्रसूति सेवा लिन आउनेको सङ्ख्या वृद्धि भएपछि अस्पताललाई व्यवस्थापन गर्न कठिनाइ हुने गरेको छ ।
चितवन, नवलपरासी, मकवानपुरसहित छिमेकी जिल्लाका गर्भवतीहरू प्रसूतिका लागि भरतपुर अस्पताल आउने गरेका छन् । गर्भवती अवस्थामा अन्य निजी अस्पताल र क्लिनिकमा जँचाउने गरे पनि सुत्केरी हुन भरतपुर अस्पताल नै आउने गरेकाले शøया अभाव हुने गरेको अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा. सुनीलमणि पोखरेलले बताउनुभयो ।