इराकको राजधानी बग्दादमा रहेको कोरोनाभाइरस अस्पतालमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ ।
अक्सिजन ट्यांक विस्फोट भएपछि आगो लागेको थियो ।
इब्न अल–खातिब अस्पतालमा शनिवार अबेर आगो लागेको थियो । अस्पतालमा रहेका १२० जना रोगीलाई बाहिर निकाल्न हम्मेहम्मे परेको थियो ।
सामाजिक सञ्जालमा शेयर गरिएका फूटेजमा अस्पतालको झ्यालबाट आगोका लप्का र धूवाँ आएको देखिन्थ्यो ।
स्थानीय तथा अग्निनियन्त्रकहरूको प्रयासका बावजूद आगलागीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ र ४६ जना घाइते भएक...